ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकता अन्तिम चरणमा पदिय बाँडफाँडमा सैद्धान्तिक सहमति


एबीसी न्यूज
२५ पुस २०७४, मंगलबार   ३ : १६   बजे

काठमाडौं,  २५ पुस । एकीकरणको संयोजनमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको शिर्ष तहको पद बाँडफाँडमा सैद्धान्तिक सहमतिको खाका बनेको छ ।

पार्टी एकता हुंदा प्रधानमन्त्री तथा पार्टी सर्बोच्च नेता केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वा दुवै जना पार्टी सहअध्यक्ष भएर ओलीले सरकारको नेतृत्व र प्रचण्डले पार्टीको नेतृत्व गर्ने भन्ने विकल्पमध्ये एकमा सहमति गर्ने भद्र सहमति भएको स्रोतको दावी छ ।

यस्तो सहमति ओली र प्रचण्डबीचको वैठकमा भएको छ । यसले एकता संयोजन समितिको वैठक डाक्न सहज भएको छ ।

एकतापछि दुबै पार्टीको मुख्य नेतृत्वको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा एकता संयोजन समितिको बैठक समेत बस्न सकेको थिएन ।

बैंकक जानुअघि ओलीले प्रचण्डसँग गोप्यरूपमा गरेको सहमतिबारे माओवादी स्रोतले भन्यो,‘विवादरहित नेतृत्वका लागि यस्तो सहमतिको खाका तयार भएको छ । यहि खाकाको आधारमा एकता संयोजन समितिले अन्य प्राविधिक कामको टुंगो लगाउनेछ ।’

बामपन्थी एकीकरणमा प्रभावकारी चासो भारतीय पक्षको पनि रहेका कारणले यस्तो सहमति बनेको हो । भारतीय पक्षले ओलीले अध्यक्ष नछाडे प्रचण्डलाई प्रधानमन्त्रीमा अघि बढाउनका लागि सुझाव दिएको थियो । तर, ओली कुनै पनि हालतमा प्रधानमन्त्री बन्ने भएपछि प्रचण्डले पार्टीको नेतृत्व पाउने पक्का भएको छ ।

प्रचण्डको नेतृत्वलाई एमालेका अन्य नेताले पनि स्वीकार गर्ने भएपछि ओली यो निष्कर्शमा पुगेका हुन् । यस्तो सैद्धान्तिक सहमति बामपन्थी गठबन्धन बन्नु अघि नै भएको थियो ।

बामपन्थी गठबन्धन घोषणापूर्व नै प्रचण्डले प्रधानमन्त्री भन्दा पार्टी कमान्डमा आफ्नो रूची देखाएका थिए । उक्त रूची सम्बोधन गर्नका लागि नै ओलीले गठबन्धनमा सहमति जनाएका थिए ।

आइतबार राती ओलीनिवासमा बालकोटमा भएको भेटमा प्रचण्डसँग ओलीले यस्तो समझदारीमा अघि बढ्ने बताएका थिए । तर, उनले प्रधानमन्त्री पदका लागि अन्य विकल्पमा नजानका लागि आग्रह समेत गरेका थिए ।

प्रचण्डले चाहेको बेलामा आफू प्रधानमन्त्री बन्नसक्ने अवस्था रहेपनि तत्काल पद भन्दा बामपन्थी ध्रुवीकरण र एकतालाई प्रभावकारी प्रयोग गर्न उद्दत रहेको बताउँदै आएका थिए । प्रचण्ड एकीकृत कम्युनिष्ट पार्टीको उपल्लो घेराको हाईकमाण्ड गर्नका लागि पहिलेदेखि नै उद्दत छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने कांग्रेस इतर समूहको प्रतिबद्धता

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

सम्बन्धित

बालेन सचिवालयको दबाब अस्वीकार गर्दै टेलिकमले एकीकृत टेन्डरबाटै बिलिङ प्रणाली खरिद गर्ने

लोकतन्त्र केवल चुनाव होइन, बलियो संस्थाको नाम पनि हो

नागपञ्चमीका लागि धापाखेलको नागदहमा भव्य मेला तयारी पूरा

बक्यौता तिर्ने दबाबमा इन्टरनेट सेवा प्रदायक : सर्वोच्चमा मुद्दा विचाराधीन, सरकारसँग समय र किस्ताबन्दी सुविधा मागियो 

नागपञ्चमीका लागि धापाखेलको नागदहमा तयारी पूरा

बागलुङमा पहिरोको त्रास : आठ घर उच्च जोखिममा, १० परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu