ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिल्ला अदालतमा न्यायाधीश नियुक्ति रोकियो


एबीसी / संवाददाता
२३ माघ २०७८, आइतबार   ३ : ५९   बजे

काठमाडौं । न्याय सेवा आयोगको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा एक्लै उपस्थित हुनुभएको छ । आयोगका अध्यक्ष समेत रहनुभएका प्रधानन्यायाधीश राणाले आइतबार दिउ“सो २ बजे बस्ने गरी आयोगको बैठक बोलाउनु भएको थियो । जिल्ला अदालतमा न्यायाधीश नियुक्तिका लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको थियो । तर, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडु, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी र महान्यायाधिवक्ता खम्म बहादुर खाती उपस्थित भएनन् ।

अरु सदस्यहरु बैठकमा सहभागी नभए पनि प्रधानन्यायाधीश राणा भने आयोगको सचिवालय उपस्थित हुनुभएको थियो । मन्त्रिपरिषद्मा हिस्सा खोजेको प्रकरणले विवादित बनेयता प्रधानन्यायाधीश राणाको अध्यक्षमा पहिलोपटक गत शुक्रबार (माघ १४ गते) आयोगको बैठक बसेको थियो । उक्त बैठकमा प्रधानन्यायाधीश राणासँगै लोक सेवा आयोगका अध्यक्ष रेग्मीको भौतिक उपस्थिति थियो । बैठकमा उपस्थित नभएका वरिष्तम् न्यायाधीश कार्की र महान्यायाधिवक्ता खातीले केही निर्णयमा हस्ताक्षर गरेका थिए । तर, प्रधानन्यायाधीश राणाले पारित गराउन खोजेको जिल्ला न्यायाधीशको नतिजा सार्वजनिक गर्ने निर्णयमा भने कार्की र खातीले हस्ताक्षर गर्न मानेका थिएनन ्। शुक्रबार बसेको बैठकले न्याय÷कानुन र सरकारी वकिल समुहका सहसचिव, उपसचिवको वढुवा र पदस्थापना गर्ने कार्य गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : १७ विद्यालयमा क्षति, करिब १० हजार विद्यार्थीको पढाइ ठप्प

भोटेकोसी बाढी उद्धारमा स्थानीय तहलाई बेवास्ता गरिएको नागरिक अगुवाको आरोप

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu