ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद् अवरोधको निकास खोज्न नसक्नु सरकारको गैरजिम्मेवारीपनः अध्यक्ष भट्टराई


एबीसी / संवाददाता
१८ फाल्गुन २०७८, बुधबार   ६ : ००   बजे

काठमाण्डौ, १८ फागुन । बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद् अवरोधको निकास खोज्न नसक्नु सरकारको गैरजिम्मेवारीपन भएको आरोप लगाउनुभएको छ ।

अध्यक्ष भट्टराईले जनताको समस्या संसदमा नराखी ज्याला लिनु लज्जास्पद भएको बताउनुभयो । अध्यक्ष भट्टराईले सरकारले संसदको अवरोध नहटाउनु जनताप्रतिको अपमान भएको आरोपसमेत लगाउनुभयो । अध्यक्ष भट्टराईले भन्नुभयो, ‘जनताको सर्वोच्च प्रतिनिधि सभा ६ महिनादेखि बन्द बस्नु उपयुक्त हुँदैन । यो दुःखद भयो । सबै जिम्मेवार बनेर यसको निकास खोजौँ भन्ने कुरा मैले राखेको छु । यो एकदमै गैरजिम्मेवार भयो । हामी आउँछौँ, भत्ता बुझ्छौँ, हिँड्छौँ, जनताको समस्या राख्दैनौँ भने विना कामको ज्याला लिनु राम्रो होइन । यो बेठिक भइरहेको छ । यसको छिटो निकास निस्कनुपर्छ । यो शोभनीय भएन, जनताप्रति अपमान हो ।’ प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाहीको सूचना निकाल्नुपर्ने माग राख्दै निरन्तर संसदमा अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group