ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिवि केन्द्रीय पुस्तकालय भवनको शिलान्यास


एबीसी / संवाददाता
१ चैत्र २०७८, मंगलबार   २ : ४५   बजे

काठमाडौँ, १ चैत । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको नयाँ बन्ने अत्याधुनिक भवनको आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्तरुपमा शिलान्यास गर्नुभएको छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त भएको पुस्तकालयको भवन भारत सरकारको आर्थिक अनुदानमा निर्माण हुन लागेको हो । कूल ३६ करोड ११ लाख ६६ हजारमा निर्माण हुन लागेको उक्त भवनमा पाठक तथा अनुसन्धानकर्ताका लागि २४ साैँ घण्टा बसेर अध्ययन गर्न सक्ने व्यवस्थाका साथै इ-लाइब्रेरी सुविधाका लागि छुट्टै कम्प्युटर ल्याब, सेमिनार वर्कसपका लागि हल, प्रर्दशनी कक्ष आदिको व्यवस्था रहनेछ । सो भवन १५ महिनाभित्र निर्माण सक्ने गरी सम्झौता भएको छ ।

शिलान्यास कार्यक्रममा शिक्षामन्त्री पौडेलले दक्ष र गुणस्तरीय जनशक्ति निर्माण गरी मुलुकको समृद्धि र विकासको नेतृत्व गर्नुपर्ने बताउनुभयो । देशको शैक्षिक विकासका लागि शैक्षिक पूर्वाधार निर्माणमा भारत सरकारले महत्वपूर्ण सहयोग उपलब्ध गराउँदै आइरहेको उहाँले उल्लेख गर्नुभयो । त्रिविको गुणस्तर सुधार गरी उत्कृष्टताको केन्द्रको रुपमा विकसित गर्न मन्त्रालय सबै प्रकारका सहयोग उपलब्ध गराउने उहाँले प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उच्च शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाई अर्बौं रकम विदेशिनबाट जोगाउनुपर्ने धारणासमेत उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत क्वात्राले नेपाल भारत सम्बन्धलाई थप विश्वसनीय, दिगो र मजबुत बनाउन यस सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । पुस्तकालय सामाजिक जीवनलाई व्यवस्थित गर्ने, विचार र दर्शन आदनप्रदान गर्ने, नवीनतम खोज र अनुसन्धान गर्ने महत्वपूर्ण स्थान रहेको उल्लेख गर्दै विश्वविद्यालय परिसरमा रहेको गान्धी भवन, जाकिर हुसेन उद्यान र त्रिवि केन्द्रीय पुस्तकालय निर्माणमा भारतले सहयोग गर्न पाएकोमा भारतीय दूतावास हर्षित भएको उहाँले बताउनुभयो । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले त्रिभुवन विश्वविद्यालयको विकासका लागि भारत सरकारले लामो समयदेखि सहयोग उपलब्ध गराउँदै आइरहेको बताउनुभयो । त्रिविका आंगिक क्याम्पसमा हालसम्म पनि भारतीय प्राध्यापक कार्यरत रहेको उल्लेख गर्दै उहाँले त्रिवि केन्द्रीय पुस्तकालयको स्थापनाकालदेखिनै सहयोग गर्दै आइरहेको भारत सरकारले हाल पुस्तकालयको अत्याधुनिक भवन निर्माण गर्न आर्थिक सहयोग गरेर सम्बन्ध थप प्रगाढ बनाएको धारणा व्यक्त गर्नुभएको थियो ।

विश्वविद्यालयले गुणस्तर सुधारका लागि अधिकतम प्रयत्न गरिरहेको उल्लेख गर्दै एक्जिम बैंकको सहयोगमा त्रिविका ३८ वटा आंगिक क्याम्पसको भौतिक पूर्वाधारलाई थप व्यवस्थित र सृदृढ बनाउनेसमेत उहाँले जानकारी गराउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आन्तरिक योजना कार्यान्वयन एकाइ योजना प्रमुख रामशरण सापकोटाले भारत सरकारको सहयोगमा २०७२ सालको भूकम्पपश्चात् ७० वटा विद्यालय निर्माणमा आर्थिक सहयोग प्राप्त भएको र अन्तिम कार्यक्रमको रुपमा त्रिवि केन्द्रीय पुस्तकालयको शिलान्यास गरिएको उल्लेख गर्नुभएको थियो । पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले पुस्तकालयलाई प्रविधिमैत्री र अत्याधुनिक बनाई घरमै बसेर विश्वविद्यालयमा उपलब्ध पुस्तक पढ्न सक्ने वातावरण बनाउने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रियस्तरको पुस्तकालयले मुलुकको शैक्षिक स्तरोन्नतिमा सकारात्मक योगदान पु¥याउने उल्लेख गर्नुहुँदै २४ सैँ घण्टा सेवा दिन त्रिवि केन्द्रीय पुस्तकालय तयार रहेकोसमेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाको टिमुरेमा नेपाली सेनाले भेटायो बैंकका पाँच सेफ

राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेट, भोटेकोसी बाढीबारे गराए ‘ब्रिफिङ’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Weekend Lie-Ins Linked to Lower Hypertension Risk: New Study

रसुवाको टिमुरेमा नेपाली सेनाले भेटायो बैंकका पाँच सेफ

Spanish PM Accuses Russia, Israel of Spreading Disinformation on Migrant Crisis

राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेट, भोटेकोसी बाढीबारे गराए ‘ब्रिफिङ’

Xi Jinping Pledges Enhanced Strategic Alignment with Kyrgyzstan

Xi Jinping Envisions Stronger China-Russia Relations

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu