ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाम मात्रैको गठबन्धन ! हुन सकेन् संयुक्त चुनावी सभा


एबीसी / संवाददाता

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न ७५ भन्दा बढी कार्यक्रममा सहभागी भए । त्यसका लागि पूर्वको मोरङदेखि पश्चिमको धनगढीसम्म पुगे । जहाँ उनले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीका उम्मेद्‌वारलाई विजयी गराउन अनुरोध गर्दै सार्वजनिक भाषण गरे ।

अधिकांश कार्यक्रममा पाँच दलीय गठबन्धनबाटै चुनाव लड्ने उनको दाबी थियो । हरेक स्थानीय तह तालमेल गर्दै अघि बढ्ने र त्यही अनुरूप तयारी गर्न सबै नेता कार्यकर्तालाई उनको निर्देशन थियो ।

पाँच दलीय गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको मिति घोषणा भएसँगै ४० भन्दा बढी कार्यक्रममा सहभागी भइसके । पार्टीले आयोजना गरेको भन्दा सरकारी कार्यक्रममा गएर उनले पनि चुनावी तालमेल गरेरै अघि बढ्ने दाबी गरे ।

कांग्रेस एक्लै चुनाव लड्दा विगतमा कस्तो अवस्था भोगेको स्मरण गराउँदै तालमेलबाहेक चुनाव जान नसकिने उनको तर्क थियो । पाँच दलीय गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा नेता कार्यकर्ता यतिबेला चुनावी दौडाहमा छन् । उनीहरूले आफ्ना उम्मेदवारलाई भोट हाल्न अपिल गर्नुका साथै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई भोट नदिन भन्न समेत भ्याउँछन् ।

यतिमात्र नभएर कुनै कुनै कार्यक्रममा गएर माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुहरूमाथि गठबन्धनभित्रबाट अपमान भइरहेको समेत बताए । अपमान भइरहे सहन नसकिने भन्दै गठबन्धनबाट बाहिरिने समेत उनीहरूको चेतावनी थियो ।

पाँच दलका शीर्ष नेतादेखि तल्लो स्तरका नेताहरूसम्म चुनावी दौडाहमा छन् । तर, पाँच दलले भने अहिलेसम्म संयुक्त चुनावी सभासमेत आयोजना गर्न सकिरहेका छैनन् । पाँच दलले यहि २९ चैतमा संयुक्त अपिल जारी गरेका थिए । जसमा उनीहरूले एक अर्कालाई सहयोग गर्नेदेखि लिएर एकअर्काको विरुद्ध नलाग्ने सम्मको प्रतिबद्धता जनाएका थिए ।

यहि ११ र १२ गते वैशाखमा उम्मेद्‌वार मनोनयन दर्ताको समय तोकिएको छ । मनोनयन दर्ता गर्ने समय नजिकिँदै गर्दा पनि दलहरूले एउटा पनि संयुक्त चुनावी सभा आयोजना गर्न नसकेका हुन् ।

गठबन्धनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको सिट बाँडफाँटबारे निर्णय गर्न सकिरहेका छैनन् । गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेका उनीहरूको गतिविधि हेर्दा एक्ला एक्लै लड्ने जस्तो देखिन्छ ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले विविध कारणले संयुक्त चुनावी अभियान गर्न नसकिएको बताए । नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले तालमेलको व्यवहारिक निर्णय गर्न बाँकी रहेकोले संयुक्त चुनावी सभा गर्न नसकिएको जानकारी दिए । स्थानीय तहको सिटको बाँडफाँटबारे निर्णय भएपछि संयुक्त चुनावी सभा गरिने उनको भनाइ छ ।

गठबन्धनमा आबद्ध दलहरूलाई अझै पनि तालमेलसहित चुनाव लड्नेमा विश्वास छैनन् । एक अर्काप्रति विश्वास नहुँदा उनीहरू एक्ला एक्लै चुनावी सभाहरू गर्दै आएका छन् ।

नेपाली कांग्रेसले धेरै स्थानहरूमा तालमेल नगर्ने निर्णय गर्दै आफ्नै उम्मेद्‌वार घोषणा गरिरहेको छ । पालिका, जिल्ला र प्रदेशस्तरमा निर्णय गर्दै चुनावी तालमेलको विपक्षमा निर्णय गर्न थालेका हुन् । गठबन्धन तोड्दै उनीहरू स्वच्छ प्रतिपस्पर्धामा जाने निर्णयमा पुग्न थालेका हुन् ।

चुनावी तालमेलको निर्णयको अवज्ञा हुँदा हुन थालेपछि गठबन्धनका शीर्ष नेताहरूले अर्को उपाय पनि अघि सारेका छन् । त्यो सबै दलसँगको सहमति नभएपनि जो जसको जोसँग सहमति हुन्छ त्यही अनुसार तालमेल गर्ने ।

यसका लागि गठबन्धनको बैठकमा प्रस्तावकै रूपमा आएको छ । नेताहरूले त्यसलाई सबैको सहमति नजुटेको खण्डमा विकल्पको रूपमा हेरेका छन् ।  सबै दलहरूबीच भागबण्डा र तालमेलको विषयमा सहमति जुटेपछि मात्रै संयुक्त चुनावी सभा गर्ने विषयमा बैठकमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com