ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुस्तकालयको स्तरोन्नतिका लागि सम्झौता


एबीसी / संवाददाता
१० बैशाख २०७९, शनिबार   १२ : ३८   बजे

काठमाडौं १० बैशाख । स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित मातृभूमि सामुदायिक पुस्तकालय र रीड नेपालबीच सम्झौता गरिएको छ । कालीगण्डकीमा रहेको पुस्तकालयको स्तरोन्नति गर्ने मुख्य उद्देश्यसहित रीड नेपालकातर्फबाट उपनिर्देशक चीनकाजी श्रेष्ठ र पुस्तकालयकातर्फबाट व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेयबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । कालीगण्डकी गाउँपालिकासहित आसपासका क्षेत्रको नमूना पुस्तकालय बनाउने गरी थालिएको अभियानमा पुस्तकालयको स्तरोन्नतिका लागि रु ५२ लाख २४ हजार ८४६ उपलब्ध गराउने सहमति सम्झौतापत्रमा उल्लेख गरिएको मातृभूमि सामुदायिक पुस्तकालयका अध्यक्ष पाण्डेयले बताउनुभयो ।

पहिलो चरणमा भवन निर्माण सम्पन्न गरेसँगै दोस्रो चरणमा पुस्तकालयको स्तरोन्नतिको काम गरिने अध्यक्ष पाण्डेयले बताउनुभयो । “विभिन्न सङ्घ संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा पहिलो चरणमा पुस्तकालयको भवन निर्माण सम्पन्न ग¥यौँ”, अध्यक्ष पाण्डेयले भन्नुभयो, “अब दोस्रो चरणको सम्झौताबमोजिम जापान सरकार, शान्ति भोलेन्टियर एशोसिएशन र रीड नेपालले पुस्तकालयलाई भौतिक सामग्री, पुस्तक, साधन स्रोत, तालिम तथा अन्य प्राविधिक सहयोग उपलब्ध गराउने सम्झौता गरिएको हो ।” गुणस्तर, आर्थिक पारदर्शिता, स्थानीय सहभागितालाई पूर्णरुपमा पालना गर्दै अगाडि बढ्ने अध्यक्ष पाण्डेयले बताउनुभयो । जिल्लाकै दुर्गम स्थानमा निर्माणाधीन पुस्तकालयले स्थानीय विकास र अध्ययनका लागि महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष पाण्डेयको भनाइ छ ।
रीड नेपाल र पुस्तकालयबीच पहिलो चरणमा भवन निर्माण समयमै सम्पन्न भएजस्तै दोस्रो चरणको सम्झौता पनि समयमै र उत्कृष्ट ढङ्गबाट सम्पन्न हुनेमा आफू विश्वस्त रहेको रीड नेपालका उपनिर्देशक श्रेष्ठ बताउनुहुन्छ । “पहिलो चरणमा भवन निर्माणका लागि सहयोग गरेका हौँ”, उहाँले भन्नुभयो, “भवन निर्माण सम्पन्न भएसँगै अब दोस्रो चरणका लागि गुणस्तरीय पुस्तकालय स्थापनाका लागि सम्झौता गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Economic Winners and Losers in US-Israel War on Iran

Syria Chooses Diplomacy Over Conflict With Israel

Raja Shehadeh’s Diaries Find New Home in Scotland

Iran Strikes Jordan, UAE After US Bombings on Larak Island

Tokayev Appoints Longtime Adviser as Kazakhstan’s First Vice President

विद्यालय पुगेका ३५० बालबालिका जोगिए, बाटोमै हराए २०० विद्यार्थी : होल्डिङ सेन्टरमा चार वर्षीय बालक सोधिरहन्छन्– ‘मेरो आमा खोइ?’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu