ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नुवाकोटमा ४६४ पदका लागि दुई हजार उम्मेदवार


एबीसी / संवाददाता
१४ बैशाख २०७९, बुधबार   १२ : ४५   बजे

काठमाडौं १४ वैशाख । स्थानीय तह निर्वाचन २०७९ को लागि नुवाकोटमा दुई हजार ८९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका १२ पालिकासहित ८८ वडाको ४६४ पदमा दुई हजार ८९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका अनुसार विदुर नगरपालिकामा ६७ पदका लागि २७६, बेलकोटगढी नगरपालिकामा ६७ पदका लागि ३२१, दुप्चेश्वर गाउँपालिकामा ३७ पदका लागि १४३, पञ्चकन्या गाँउपालिकामा २७ पदका लागि १३१, तादी गाउँपालिकामा ३२ पदका लागि १६० जनाले उम्मेदवारी दिएका छन् ।
सूर्यगढी गाउँपालिकामा २७ पदका लागि १२१, ककनी गाउँपालिकामा ४२ पदका लागि २१४, शिवपुरी गाउँपालिकामा ४२ पदका लागि १७२, तारकेश्वर गाउँपालिकामा ३२ पदका लागि १२५, म्यागङ गाउँपालिकामा ३२ पदका लागि १३५, किस्पाङ गाउँपालिकामा २७ पदका लागि १११, लिखु गाउँपालिकामा ३२ पदका लागि १६२ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार विदुर नगरपालिकाको प्रमुखमा विभिन्न पार्टी र स्वतन्त्र गरेर ११ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुख पदमा १० जनाको उम्मेदवारी परेको छ । विदुर नगरपालिकाको १३ वटा वडामा ६२ जनाको उम्मेदवारी परेको छ ।
बेलकोटगढी नगरपालिकामा नगरप्रमुखमा नौजनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा पाँचजनाको उम्मेदवारी परेको छ । १३ जना वडाध्यक्ष पदमा ७५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुप्चेश्वर गाउँपालिकामा अध्यक्ष पदमा सात, उपाध्यक्षमा पाँच र सातवटा वडाबाट वडाध्यक्ष पदमा ३४ जनाको उम्मेदवारी परेको छ । पञ्चकन्या गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा ६ र पाँचवटा वडाको वडाध्यक्ष पदमा ३१ जनाको उम्मेदवारी परेको छ । तादी गाउँपालिकामा अध्यक्षमा नौ, उपाध्यक्षमा पाँच र ६ वटा वडाबाट वडाध्यक्ष पदमा १४, सूर्यगढी गाउँपालिकामा अध्यक्षमा ६, उपाध्यक्षमा पाँच र पाँचवटा वडाको वडाध्यक्ष पदमा २७ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । ककनी गाउँपालिकामा अध्यक्षमा नौ, उपाध्यक्षमा सात र आठवटा वडाको वडाध्यक्ष पदमा ५० जनाको उम्मेदवारी परेको छ । जिल्लाको शिवपुरी गाउँपालिकामा अध्यक्ष पदमा ६, उपाध्यक्षमा चार र आठवटा वडाको वडाध्यक्षमा ३६ जनाको उम्मेदवारी परेको छ । तारकेश्वर गाउँपालिकामा अध्यक्ष पदमा ६, उपाध्यक्षमा पाँच र ६ वटा वडाबाट वडाध्यक्ष पदमा ३१ जनाको उम्मेदवारी दर्ता भएको छ ।

जिल्लाको म्यागङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा सात–सात र ६ वटा वडाबाट वडाध्यक्ष पदमा ३३ जनाको उम्मेदवारी परेको छ । यस्तै, किस्पाङ गाउँपालिकाको अध्यक्ष पदमा सात, उपाध्यक्षमा पाचँ र पाँचवटा वडाबाट वडाध्यक्ष पदमा २७ जनाको उम्मेदवारी परेको छ । लिखु गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा ६ र ६ वटा वडाबाट वडाध्यक्ष पदमा ३३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटको दुई नगरपालिका र दसवटा गाउँपालिकाको विभिन्न ८८ वटा वडामा दुई–र्दुइ पद रहेको खुला सदस्यका १७६ पदमा ७७१, ८८ वटा वडामा एक–एकजना हुने महिला सदस्य पदमा ३७३ र ८८ वटा वडामा एक–एकजना हुने दलित महिला सदस्य पदमा ३११ जनाको उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारहरुको यो प्रारम्भिक नामावली भएकाले दाबी विरोधको कारबाही र उम्मेदवार स्वयम्ले नाम फिर्ता लिने समयसीमा अझै बाँकी रहेकाले अन्तिम नामावलीमा यो सङ्ख्या केही घट्ने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group