ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्डो–प्यासिफिकलाई लक्षित गरेर एसिया भ्रमणमा आउँदै बाइडेन


एबीसी / संवाददाता
६ जेष्ठ २०७९, शुक्रबार   ८ : ४६   बजे

काठमाडौं, ६ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेन यसै साता एसिया भ्रमणमा आउने भएका छन्। दक्षिण कोरिया र जापानसँगको महत्त्वपूर्ण सुरक्षा गठबन्धनको पुनः पुष्टि गर्न र दोस्रो व्यक्तिगत क्वाड शिखर सम्मेलनमा भाग लिन उनले एशियाको भ्रमण गर्न लागेका हुन्।

राष्ट्रपति बाइडेनको भ्रमण अघि पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय सुरक्षा सल्लाहकार ९एनएसए० जेक सुलिभानले राष्ट्रपतिको रूपमा इन्डो९प्यासिफिक क्षेत्रमा बाइडेनको यो पहिलो भ्रमण भएको बताएका छन्।

‘बाइडेनले युक्रेनको रक्षा र रुसी आक्रमणको विरोधमा स्वतन्त्र विश्वको पक्षमा वकालत गरेका छन्। ती मिसनमा हाम्रा प्रयास सफल छन् भनी सुनिश्चित गर्न उहाँ केन्द्रित हुनुहुन्छ’, सुलिभानले थपे।
दक्षिण कोरियामा बाइडेनले नवनिर्वाचित कोरियाली राष्ट्रपति युन सुक(योलसँग भेट गर्नेछन्।

उनले कोरियामा प्रविधि र निर्माण क्षेत्रका नेताहरूसँग भेटघाट गर्नेछन् र उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र कार्यक्रमबाट उत्पन्न चुनौतीबारे परामर्श गर्नेछन्।

जापानमा अमेरिकी राष्ट्रपतिले प्रधानमन्त्री फुमियो किशिदा र उनका टोलीसँग भेट गर्नेछन्। ‘हामीलाई के लाग्छ भने अमेरिका–जापान गठबन्धन अहिलेको समयमा निकै राम्रो चलिरहेको छ। यो भ्रमणले यो सम्बन्धलाई अझ माथि लैजान सक्छ’, सुलिभानले भने।

दुई नेताले हाम्रा दुई देशबीचको फराकिलो र गहिरो आर्थिक सम्बन्धका साथै क्षेत्रीय र विश्वव्यापी सुरक्षाका विषयमा छलफल गर्नेछन्। ‘हामी उत्तर कोरियाका साथै इन्डो–प्यासिफिक र विश्वभरि व्यापक रूपमा अन्य सुरक्षा मुद्दाहरू पनि सम्बोधन गर्नेछौं’, सुलिभानले भने।

जापानमा बाइडेनले गत सेप्टेम्बरमा वाशिङ्गटनमा आयोजना गरेको शिखर सम्मेलनपछि दोस्रो व्यक्तिगत क्वाड शिखर सम्मेलनमा पनि भाग लिनेछन्।

टोकियोमा रहँदा अमेरिकी राष्ट्रपतिले यस क्षेत्रका लागि नयाँ आर्थिक पहल, इन्डो–प्यासिफिक इकोनोमिक फ्रेमवर्क पनि शुरु गर्ने बताइएको छ। राससरएएनआई

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group