ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी टेलिभिजन स्थानीय तहको निर्वाचनको एक्जीट पोल शतप्रतिश मिलाउन सफल


एबीसी / संवाददाता
७ जेष्ठ २०७९, शनिबार   ६ : ३६   बजे

काठमाडौं, ७ जेठ । एबीसी टेलिभिजनले स्थानीय तहको निर्वाचनमा सहभागी रहेका दल लगायत स्वतन्त्र उम्मेदवारले प्राप्त गर्न सक्ने नतिजाको प्रक्षेपण गरेको थियो । एबीसी टेलिभिजनले अहिले मात्रै होइन नेपालमै पहिलो पटक २०७४ को स्थानीय तहको निर्वाचनको प्रक्षेपण पनि शतप्रतिशत मिलाएको थियो । यसपटक पनि एबीसी टेलिभिजनले निकै लामो अध्ययन अनुसन्धानबाट गरिएको एक्जीट पोल पनि शतप्रतिशत मिलाउन सफल भएको छ । एबीसी न्यूजले ०७९ वैशाख ३० गतेको मतदानको समय सकिए लगत्तै इलेक्सन एक्जीट पोल सार्वजनिक गरेको थियो ।

एबीसी न्यूजले सार्वजनिक गरेको एक्जीट पोल अनुसार २९२ देखी ३२६ स्थानमा जित हासिल गर्दै नेपाली काँग्रेस पहिलो पार्टी बन्ने प्रक्षेपण गरिएको थियो । निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक हुन त केही दिन लाग्ला तर, एबीसी एक्जीट पोलबारे यो रिपोर्ट तयार पार्दा सम्म नेपाली काँग्रेसले ३०६ वटा स्थानीय तहमा जित हाँसिल गरेको छ । मतगणना जारी रहेका केही स्थानीय तहमा नेपाली काँग्रेसको अग्रता कामयै रहेकाले का“ग्रेसले अझै केही स्थानीय तह जित्ने निश्चित नै छ । स्थानीय तहको निर्वाचनमा काँग्रेसको जितबारे एबीसी न्यूजले एक्जीट पोल मार्फत गरेको प्रक्षेपण शतप्रतिशत छ । यस्तै, नेकपा एमाले १८५ देखि २०९ स्थान जित्ने प्रक्षेपण सहित पहिला जितेको केहि पालीकहरु गुमाउदै दोस्रो बन्ने आँकलन गरिएको एबीसी एक्जीट पोल अनुसार नेकपा एमाले हालसम्मको नतिजामा १८८ स्थान जित्न सफल भएको छ ।

नेकपा एमालेको यो तथ्याँक पनि एवीसी एक्जीट पोलको नतिजासँगै मेल खाएको छ । यस्तै नेकपा माओवादी केन्द्रले ११८ देखि १४२ स्थान जित्ने प्रक्षेपण गरिएकोमा हालको नतिजा ११९ पुगेको छ । अझै केही स्थानमा अग्रता कायमै राखेको नेकपा माओवादीको यस तथ्यांक पनि एबीसी एक्जीट पोलमा गरिएको अनुमानसँग शतप्रतिशत मिल्दोजुल्दो देखिएको छ । यस्तै, एकृकीत समाजवादीको १३ देखि २३ स्थान जित्ने प्रक्षेपण गरिएकोमा हालको नतिजा १७ पुगेको छ र दुई स्थानमा अग्रता कायमै छ । यसैगरी लोकतान्त्रीक समाजवादी पार्टीले दश ठाउँमा आफनो जित हाँसिल गरेको छ र चार ठाँउमा अग्रता कायमै राखेको छ भने उक्त नतिजा एबीसी एक्जीट पोलअनुसार शतप्रतिशत मिलेको छ । एक्जीट पोलअनुसार लोसपा ले ११ देखि १८ सिट ल्याउने अनुमान गरिएको थियो । यस्तै एबीसी एक्जीट पोलमा ३ देखि ८ स्थान जित्ने प्रक्षेपण गरएको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ स्थानमा आफ्नो जित हाँसिल गरेको छ । एबीसी एक्जीट पोलअनुसार राष्ट्रिय जनमोर्चाले ५ ठाउ“मा जित्ने प्रक्षेपण गरिएकोमा हालसम्मको नतिजामा ४ स्थानमा जित्न सफल भएको छ भने अझैपनि केही ठाउँमा अग्रता कायमै राखेको छ । यता जनता समाजवादी पार्टीको नतिजा भने एक्जीट पोलस“ग अलिक फरक देखिएको छ । एबीसी एक्जीट पोलअनुसार जनता समाजवादी पार्टीको ४१ देखि ५९ स्थान प्रक्षपण गरिएको थियो । तर, मधेश प्रदेशमा भने केहि तलमाथि भएकाले जसपाको नतिजा फरक देखिन्छ । गठबन्धनमा भएको आन्तरिक द्धन्द्धका कारणपनि केहि तलमाथी भएको हो की भनेर आँकलन गर्न सकिन्छ ।

२०७४ मा मधेशमा पाचौ स्थानमा रहेको एमाले यसपटक भने दोस्रो दल बनेको छ । यसकारण पनि जसपाको नतिजामा फरक आएको अनुमान गर्न सकिन्छ । एबीसी एक्जीट पोलमा अनुमान गरिएकोमा ८१ स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान प्रक्षेपण गरिएकोमा पनि अहिले सम्मको नतिजासम्म शतप्रतिशत मिलेकोे छ । एबीसीले एक्जीट पोल सार्वजनिक गरेपछि अनेकौ प्रतिकृयाहरु आएका थिए । एबीसी न्यूजले निक्कै मिहिनेत र लामो अध्ययन पश्चात एक्जीट पोल तयार पारेको थियो । एबीसी मिडिया ग्रुपका अध्यक्ष शुभशंकर कडेलले एक्जीट पोल सार्वजनिक गरिरहँदा एक्जीट पोल सार्वजनिक कार्यक्रममा सहभागी राजनीतिक विश्लेषक लोकराज बराल, राजनीतिक चिन्तक श्याम श्रेष्ठ, र पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्य प्रसाद श्रेष्ठ लगायतले आश्चार्य प्रकट गरेका थिए । एबीसी न्यूजले २०७४ को स्थानीय तह निर्वाचनमा पनि एक्जीट पोल सार्वजनिक गरेको थियो ।

गत निर्वाचनको पोल पनि शतप्रतिशत मिलेको थियो । निष्पक्ष रुपमा अध्ययन अनुसन्धान गर्ने हो भने कुनै पनि अनुसन्धान गलत हुँदैन भन्ने एबीसी एक्जीट पोलले पुष्टि गरेको छ । एबीसी टेलिभिजनले इलेक्सन एक्जीट पोलको नेपालमा नयां संस्कार बसालेको छ । एबीसी मिडिया गु्रप बाहेक कुनै पनि मिडिया हाउसले एक्जिट पोल सार्वजनिक गरेका थिएनन् । एबीसीले देशभरका सबै स्थानीय तहका जनताको मताधिकार सहितको मानसिकतालाई शतप्रतिशत बुझ्न सफल भएको छ । यसको अर्थ नेपालमा सबैभन्दा बढी जनताको मनमा बस्न सफल एबीसी छ र अझै पनि यो प्रयासरत रहनेछ । एबीसीले दिने सूचना र व्यक्त प्रतिक्रियासमेत जस्ताकोतस्तै रहेको यो अध्ययन पश्चात पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

सम्बन्धित

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group