ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७ सय ३४ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस ३ सय २१, एमाले २ सय, अरु कति ?


एबीसी / संवाददाता
१० जेष्ठ २०७९, मंगलबार   ७ : २८   बजे

काठमाडौं, १० जेठ । देशभरका ७ सय ५३ वटा पालिकामध्ये अहिलेसम्म ७ सय ३४ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । २ सय ७५ नगरपालिका र ४ सय ५९ गाउँपालिका गरी ७ सय ३४ पालिकाको नतिजा सार्वजनिक भएको हो । अब १९ वटा पालिकाको मतपरिणाम आउन बाँकी छ ।

सार्वजनिक नतिजा अनुसार कांग्रेसले अहिलेसम्म ३ सय २१ वटा पालिकाको प्रमुख पद जितेर पहिलो पार्टी बनेको छ । यस्तै दोस्रोमा रहेको नेकपा एमालेले २ सय वटा पालिकाको प्रमुख पद जितेको छ । उसले ७७ वटा नगरपालिका र १ सय २३ वटा गाउँपालिकामा प्रमुख जितेको हो ।

तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले २४ वटा नगरपालिका र ९६ वटा गाउँपालिका गरी १ सय २० वटा पालिकाको प्रमुख पद जितेको छ ।

यस्तै, जनता समाजवादी पार्टीले २९, नेकपा एकीकृत समाजवादीले १९ र लोकतान्त्रिक समाजवादी पार्टीले १५ वटा पालिकाको प्रमुख पद जितेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले चार–चार वटा पालिकाको प्रमुख पद जितेका छन् ।

यस्तै, जनमत पार्टीले दुई तथा नेपाल मजदुर किसान, विवेकशील साझा, तमलोपा र जनप्रगतिशील पार्टीले एक–एक वटा पालिकाको प्रमुख जितेका छन् । स्वतन्त्र उम्मेदवारले १२ वटा पालिकाको पालिकाको प्रमुख पद जितेका छन् ।

मेयररउपमेयर तथा अध्यक्षरउपाध्यक्षमा दलगत विवरण

नेपाली कांग्रेस  
मेयर/अध्यक्ष–३ सय २१
उपमेयर/उपाध्यक्ष–२ सय ९५

नेकपा एमाले 
मेयर/अध्यक्ष–२ सय
उपमेयर/उपाध्यक्ष–२ सय २८

माओवादी केन्द्र
मेयर/अध्यक्ष–१ सय २०
उपमेयर/उपाध्यक्ष–१ सय २८

जसपा
मेयर/अध्यक्ष–२९
उपमेयर/उपाध्यक्ष–३०

एकीकृत समाजवादी
मेयर/अध्यक्ष–१९
उपमेयर/उपाध्यक्ष–२१

लोसपा
मेयर/अध्यक्ष–१५
उपमेयर/उपाध्यक्ष–११

राप्रपा
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–४

जनमोर्चा
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–३

नागरिक उन्मुक्ति पार्टी
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–३

जनमत पार्टी
मेयर/अध्यक्ष–२
उपमेयर/उपाध्यक्ष–१

मजदुर किसान पार्टी
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१

तमलोपा
मेयर/अध्यक्ष–१

जनता प्रगतिशील पार्टी
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१

विवेकशील साझा
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१

स्वतन्त्र 
मेयर/अध्यक्ष–१२
उपमेयर/उपाध्यक्ष–४

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu