ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं महानगरमा ५ वटा वडाको गणना बाँकी, बालेल शाहलाई ४० प्रतिशत मत


एबीसी / संवाददाता
११ जेष्ठ २०७९, बुधबार   ९ : ०३   बजे

काठमाडौं, ११ जेठ । काठमाडौं महानगरपालिकाको २७ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर एकदेखि १२ सम्म तथा १८ देखि ३२ सम्मको मत गणना सकिएको छ। अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ वडाको मत गणना जारी छ। हालसम्म कुल १ लाख ६६ हजार ३ सय १३ मत गणना हुँदा मेयर पदमा १ लाख ३९ हजार ९६५ सदर मत परेको छ। ६५३२ मत पूर्ण बदर भएको छ।

जसमा स्वतन्त्र उम्मेदवार बालेन शाह पहिलो स्थानमा रहँदा नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा कायमै छन्। मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह ५४ हजार २१२ मत प्राप्त गरेका छन्। अर्थात कुल खसेको सदर मतको ३८।७३ प्रतिशत मत पाएका छन्।

दोस्रोमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार १८० मत अर्थात कुल खसेको सदर मतको २४.४२ प्रतिशत पाउँदा एमालेका केशव स्थापितले ३३ हजार ६०९ मत ल्याएका छन्। अर्थात उनले कुल खसेको मतको २४।०१ प्रतिशत मत ल्याएका छन्।

चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले हालसम्म १० हजार ९६३ मत प्राप्त गरेका छन्। जुन कुल सदर मतको ७.८३ प्रतिशत हो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार मदन दास श्रेष्ठले ५०८१ मत प्राप्त गर्दै पाँचौ स्थानमा छन्। अर्थात उनले कुल खसेको सदर मतको ३।६३ प्रतिशत मत पाएका छन्।

यस्तै विवेकशील साझा पार्टीकी मेयर उम्मेदवार समिक्षा बाँस्कोटाले ५९५ मत पाएकी छन्। उनले कुल खसेको सदर मतको ०.४३ प्रतिशत पाएकी छन्। मेयर पदका अन्य उम्मेदवारले हालसम्म १३२४ मत पाएका छन्। अर्थात कुल खसेको सदर मतको ०।९५ प्रतिशत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group