ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाइडबडी र सुनकाण्डको छानबिन गर्न सरकालाई ओलीको चुनौती


एबीसी / संवाददाता
१२ जेष्ठ २०७९, बिहिबार   १ : २९   बजे

काठमाडौँ, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाइडबडी र ३३ किलो सुन काण्डको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन्।प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले सरकारलाई वाइडबडी, ३३ किलो सुनकाण्ड छानबिन गर्न चुनौती दिएका हुन् ।

आफूमाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाइएको र रिजर्भ बैंकमा पैसा राखेको आरोपको जवाफ दिँदै ओलीले भने, ‘मेरो र मेरो श्रीमतीको चलअचल सम्पत्ति राज्यको नाममा गरेको छु ।’ आफूले रिजर्भ बैंकमा पैसा नराखेको बताएका ओलीले भने, ‘एक विद्वानले मैले रिजर्भ बैंकमा पैसा राखेको भन्नुभयो । रिजर्भ बैंकले पनि सुनोस्, त्यो पैसा उनै आरोप लगाउने विद्वानको नाममा गरिदिए हुन्छ ।’

आफूमाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाउनेलाई आफ्नो चलअचल सम्पत्ति राज्यको नाममा गर्न ओलीले चुनौती दिए । ‘ममाथि औला ठड्याउनुभन्दा अगाडि कुनै मानुभाव निस्कनुस् न राज्यमा नाममा सम्पत्ति हस्तान्तरण गर्ने । केपी ओलीलाई मुखभरिको जवाफ दिन भने पनि सम्पत्ति राज्यको नाममा गरेको यही संसदबाट घोषणा गर्नुस् त । म सम्माननीय पूर्वप्रधानमन्त्रीज्यूहरू मलाई घुमाइफिराइ छेड हान्नुहुन्छ । म भन्न चाहन्छु– गर्नुस् न तपाईहरु पनि राष्ट्रको नाममा, ट्रष्टको नाममा आफ्नो सम्पत्ति हस्तान्तरण । मेरो कतै पनि भएको चलअचल सम्पत्तिमा लोभ गर्नुपर्ने, अर्कोको नाममा राखेर बदनामी हुनुपर्ने कारण छैन । मैले सबै सम्पत्ति राज्यलाई दिएको छु ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीले २३ विद्यालयमा क्षति, ६ हजार ९ सय विद्यार्थी प्रभावित

भोटेकोसी बाढी : बेपत्ताको खोजीमा ‘सम्पूर्ण शक्ति’ परिचालन गरिएको चिनियाँ राष्ट्रपति सीको भनाइ

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu