ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सञ्जालमा युवतीको चरित्र हत्या गर्ने प्रहरी जवानसहित २ जना पक्राउ


एबीसी / संवाददाता
१३ जेष्ठ २०७९, शुक्रबार   २ : ५१   बजे

काठमाडौँ, १३ जेठ । सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीको चरित्र हत्या गर्ने प्रहरी जवानसहित २ व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा रौतहतको दुर्गा भवानीपुर गाउँपालिका वडा नं। ४ बस्ने २७ वर्षीय प्रहरी जवान कृष्णकुमार यादव र मोरङको विराटनगर महानगरपालिका वडा नं। १७ का ३१ वर्षिय मोहम्मद सद्दाम भन्ने मोहम्मद कासी रहेका छन्।

उनीहरुले युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई म्यासेज, च्याट, भिडियो कल गर्ने र सोही क्रममा पीडितलाई प्रलोभनमा पारी खिचेका समाजमा अपाच्य हुने अन्तरङ्ग तस्वीरहरु सामाजिक सञ्जाल ह्वाट्सएप, फेसबुकलगायतमा पोष्ट गर्ने, धाक धम्की दिई पीडितलाई मानसिक तनाव, दुःख हैरानी, समाजमा बदनाम र बेईज्जत गराई चत्रित्र हत्या गर्ने प्रयास गरेका थिए।

विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेका धनुषासाको बटेश्वर प्रहरी चौकीमा दरबन्दी रहेका प्रहरी जवान यादवलाई जेठ ११ गते पक्राउ गरी जेठ १२ गते ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

हाल धरान उपमहानगरपालिका वडा नं.३ अस्थायी बसोवास गर्ने कासीमले सामाजिक सञ्जालमा फेक एकाउन्ट खोली पीडित युवतीको अन्तरङग तस्वीरहरु आफन्त र साथीभाइलाई पठाइ चरित्र हत्या गर्ने गरेका थिए। उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा इलाका प्रहरी कार्यालय धरानको सहयोगमा पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट जेठ १२ गते ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीले २३ विद्यालयमा क्षति, ६ हजार ९ सय विद्यार्थी प्रभावित

भोटेकोसी बाढी : बेपत्ताको खोजीमा ‘सम्पूर्ण शक्ति’ परिचालन गरिएको चिनियाँ राष्ट्रपति सीको भनाइ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढीले २३ विद्यालयमा क्षति, ६ हजार ९ सय विद्यार्थी प्रभावित

भोटेकोसी बाढी : बेपत्ताको खोजीमा ‘सम्पूर्ण शक्ति’ परिचालन गरिएको चिनियाँ राष्ट्रपति सीको भनाइ

भोटेकोसी बाढीपछि जलमापन केन्द्र बगे, पूर्वसूचना प्रणाली प्रभावित

नेपालका बाढी प्रभावितका लागि सिक्किमबाट ३५ सदस्यीय राहत टोली

भोटेकोसी बाढीमा सम्पर्कविहीनको संख्या यकिन गर्न कठिन: प्राधिकरण, अझै ४ हजार २०२ जना सम्पर्कविहीन

भोटेकोसी बाढीको राहत व्यवस्थापनमा संघीय सरकार असफल : कांग्रेस मुख्य सचेतक थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu