ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीलाई लक्षित गर्दै प्रचण्डले भने– संविधान मिच्‍ने र उल्ट्याउन चाहने तत्वलाई जनताले सन्देश दिए


एबीसी / संवाददाता
१४ जेष्ठ २०७९, शनिबार   १२ : ०७   बजे

काठमाडौं, १४ जेठ । नेकपा ९माओवादी केन्द्र०का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै संविधान मिच्न र उल्ट्याउन चाहने तत्वलाई स्थानीय निर्वाचनमार्फत जनताले राम्रो सन्देश दिएको बताएका छन् । संसद्मा प्रस्तुत आर्थिक वर्ष २०७९र०८० को वार्षिक नीति तथा कार्यक्रममाथि शनिबार विचार राख्दै प्रचण्डले संविधान मिच्‍न चाहने शक्तिलाई जनतालाई मन नपराएको पनि बताए ।

‘संविधानलाई मिच्‍न चाहने, संविधान उल्ट्याउन चाहने प्रवृत्तिलाई निर्वाचनको प्रक्रियाबाट जनताले राम्रो सन्देश दिनु भएको छ’, प्रचण्डले भने, ‘यो निर्वाचन सङ्‍घीय लोकतान्त्रिक गणतन्त्र र गणतन्त्रलाई कार्यान्वयन गर्ने क्रममा कोशेढुङ्‍गा हुनेछ । र, संविधान उल्ट्याउन चाहने तत्वलाई जनताले मन पराएनन् ।

’प्रचण्डले निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले पनि उत्साहपूर्वक सहभागिता जनाएको भन्दै खुसी प्रकट गरे । उनले राजनीतिक दल, मतदातादेखि निर्वाचन गराउने भूमिकामा रहेका सबै निकायलाई धन्यवाद ज्ञापन गरेका छन् । अब, गठबन्धन सरकार प्रदेश र सङ्‍घीय निर्वाचनतर्फ उन्मुख हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu