ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तालिवान सत्तामा आएको झन्डै १० महिनापछि भारतीय टोली काबुलमा


एबीसी / संवाददाता
२० जेष्ठ २०७९, शुक्रबार   ८ : ३३   बजे

काठमाडौं, २० जेठ । अफगानिस्तानमा तालिवान सत्तामा आएको झन्डै दस महिनापछि भारतले पहिलोपटक तालिवान सरकारसँग औपचारिक कूटनीतिक सम्बन्ध बढाएको छ ।अफगानी जनताका लागि खाद्यान्न र औषधिलगायतका सामग्री पठाएर तालिवान सररकारसँग आफूलाई ‘इन्गेज’ राखिरहेको भारतले पहिलोपटक आफ्ना अधिकारीलाई काबुल पठाएको हो । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका संयुक्त सचिव ९पीएआई० जेपी सिंहको नेतृत्वमा अधिकारीहरूको टोली अफगानिस्तान पठाएको जनाएको छ ।टोलीले भारतले अफगानिस्तानलाई उपलब्ध गराएको मानवीय सहायताको निरीक्षण गर्ने तथा अफगानिस्तान सरकारलाई सहयोग पुर्‍याइरहेका विदेशी संघसंस्थासँग भेटघाट गर्ने बताइएको छ । सम्भव भएसम्म भारतले गरेको सहयोग परिचालन भएका स्थानसम्म टोली पुग्ने मन्त्रालयले जनाएको छ । त्यसका साथै, भारतले उपलब्ध गराएको मानवीय सहायताका सन्दर्भमा पनि अधिकारीहरूले तालिवान सरकारसँग कुराकानी गर्ने विज्ञप्तिमा उल्लेख छ ।भारतले अहिलेसम्म आफगानिस्तानका लागि २० हजार मेट्रिक टन गहुँ, १३ टन औषधि, ५ लाख कोभिडविरुद्धको खोप तथा कपडालगायतका सामग्री सहयोग गरिसकेको छ । तालिवानले गत अगस्ट १५ मा अफगानिस्तानको सत्ता कब्जा गरेको हो । अमेरिकी सेनाले अफगानिस्तान छाडेलगत्तै तालिवानले बन्दुकको आडमा शासन सत्ता नियन्त्रणमा लिएको थियो ।

तालिवान समूह पाकिस्तानसँग निकट रहेको र आतंकवादी गतिविधिमा संलग्न रहेको भारतको बुझाइ छ । जसका कारण तालिवान सरकारमा आएसँगै भारतले आफ्ना नागरिक फिर्ता ल्याउनुका साथै दूतावास हटाएको थियो ।

तर पछिल्लो समय तालिवान सरकारसँग सम्बन्ध विस्तार गर्नका लागि भारत सक्रिय हुन थालेको हो । सिंहको नेतृत्वमा काबुल पुगेको भारतीय टोलीले गर्ने भेटवार्ता तालिवान नेताहरूसँगको पहिलो औपचारिक वार्ता हुनेछ । यसअघि अनौपचारिक रूपमा भने भारतले विभिन्न सम्पर्कमार्फत तालिवान नेतासँग कुराकानी गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group