ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा फेरि कोरोना भाइरसको सङ्क्रमण फैलिँदै


एबीसी / संवाददाता
२३ जेष्ठ २०७९, सोमबार   ७ : ४४   बजे

काठमाडौं, २३ जेठ ।  भारतमा फेरि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । भारतको केरला र महाराष्ट्रमा सबैभन्दा धेरै सङ्क्रमण फैलिरहेको हो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले ३४ दिनपछि फेरि सङ्क्रमण बढेर सङ्क्रमितको सङ्ख्या एक प्रतिशतभन्दा धेरै पुगेको जनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । महाराष्ट्रमा हिजो १ हजार ४ सय ९४ जनालाई सङ्क्रमण भएको पुष्टि भएको छ ।

यस्तै, तमिलनाडु, मुम्बई, दिल्ली र राजस्थानलगायत क्षेत्रमा पनि सङ्क्रमण फैलिन थालेको खबरमा उल्लेख छ । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले सङ्क्रमण बढिरहेकाले सावधानी अपनाउन अपिल गर्नु भएको छ । भारतमा हिजो ४ हजार २ सय ७० जनालाई सङ्क्रमण भएको पुष्टि भएको थियो ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि केन्द्रीय स्वास्थ्य मन्त्रालयले खोप अभियानलाई अझै प्रभावकारी बनाउँदै लैजाने जनाएको छ । त्यसका लागि घर घरसम्म नै पुग्ने अभियान सुरु भएको छ ।

भारतका २७ राज्यमा ६० वर्षभन्दा माथिका धेरैजसोले खोप लगाउन बाँकी रहेको छ । आउँदो जुलाई ३१ तारिखसम्म ६० वर्षभन्दा माथिका सबैलाई खोप लगाउने भारतको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकी उपविदेशमन्त्री हुकरले बाढी प्रभावित नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइन्

भोटेकोसी बाढीपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन

सम्बन्धित

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu