ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वायुसेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त


एबीसी / संवाददाता
२३ जेष्ठ २०७९, सोमबार   ८ : ०३   बजे

काठमाडौँ, २३ जेठ ।  मन्त्रिपरिषद्ले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गर्ने निर्णय गरेको छ । निगममा भएका कामकारबाहीलाई लिएर सोधिएका स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै मन्त्रिपरिषद्ले पौडेललाई बर्खास्त गर्ने निर्णय लिएको हो । पौडेललाई सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा बसेको मन्त्रिपरषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले जानकारी दिए ।एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पौडेललाई नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा नियु्क्त गरेको थियो ।

उनको नेतृत्वमा निगमलाई निजीकरण गर्ने प्रक्रिया अघि बढेको थियो । निगमलाई निजीकरण गर्न खोजिएपछि निगमका कर्मचारी आन्दोलनमा उत्रिएका थिए ।देउवा नेतृत्वको सरकारमा आले पर्यटनमन्त्री बनेर आएपछि निगमलाई निजीकरण गर्न नहुने भन्दै प्रक्रिया रोकिएको थियो । पौडेललाई राष्ट्रिय सम्पतिलाई निजीकरण गर्न लागेको, निगमको व्यवस्थापन लगायतका विषयमा सरकारले स्पष्टिकरण माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group