ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल अमेरिकासँग ३९ रनले पराजित


एबीसी / संवाददाता
२ असार २०७९, बिहिबार   ८ : ०५   बजे

काठमाडौं, २ असार ।  आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । टेक्ससमा रहेको मोसा क्रिकेट मैदानमा अघि बिहान सकिएको खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हो ।

अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६ रन मात्र बनाउन सक्यो ।  नेपालका आरिफ शेखले ६३ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । यस्तै, नेपालका सोमपाल कामीले ४७, देव खनालले ३४, आसिफ शेख १८, रोहित पौडेल १६ र कुशल भुर्तेल १० रन जोडे । दिपेन्द्र सिंह ऐरी, आदिल अन्सारी र करण केसीले दोहोरो अङ्क जोड्न सकेनन् भने कप्तान सन्दीप लामिछाने शून्य रनमा आउट भए ।

अमेरिकाका अलि खान र सौरभ नेत्राभाल्करले ३–३ विकेट लिए भने नोस्थुश केन्जी र निसर्ग पटेलले एकरएक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो ।

अमेरिकाका लागि गजानन्द सिंह र सुशान्त मोदानीले अर्धशतकीय पारी खेले । सिंहले ५८ तथा मोदानीले ५४ रनको योगदान गरे । यस्तै, आरोन जोन्स्ले ४३, सैतेज मुक्कामलाले ३६, निसर्ग पटेलले १८ र क्यामरोन स्टेभेन्सनले १६ रन जोडे ।

नेपालका करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एकरएक विकेट लिए । यसअघिको खेलमा नेपाल र अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका थिए । नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विपद्मा परेका नागरिकको जीवनरक्षा गर्न एमालेको माग

बाढीपीडितका लागि भारत, चीन र विश्व बैंकबाट सहयोगको प्रतिबद्धता

सम्बन्धित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, दोस्रो जितको लक्ष्य

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu