ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारबाट निःशुल्क वितरण गर्न पठाएको स्लाइन अहेवले बेचे


admin
३ माघ २०७४, बुधबार   ४ : १२   बजे

सिन्धुली, ३ माघ । सरकारबाट निःशुल्क वितरणको लागि पठाएको स्लाइन (डी फाईभ) सिनियर अहेवले विक्रि वितरण गरेको भन्दै सिन्धुली दुधौली नगरपालिकाका बासिन्दाले आपत्ति जनाएका छन् ।

जिल्लाको दुधौली नगरपालिका–१३ अरुणठाकुरमा रहेको स्वास्थ्य चौकीका इन्चार्ज बदरुल अन्सारीले सरकारले निःशुल्क वितरण गर्न पठाएको स्लाइन विक्रि वितरण गरेको अनुगमनमा क्रममा पत्ता लागेको थियो ।

अन्सारीले किर्ते गर्ने गरेको भन्दै वडा अध्यक्ष सहितको टोलीले अनुगमन गरेपछि सो कुरा बाहिर आएका हो । स्थानीयको गुनासो बारम्वार आउन थालेपछि दुधौली नगरपालिका–१३ का वडा अध्यक्ष मिलन सुनुवार सहितको टोलीले स्वास्थ्य चौकीको अनुगमन गर्दा स्वास्थ्य चौकीबाट त्यस्ता खालको गतिविधि हुने गरेको तथ्या बाहिर आएको स्थानीय रविन्द्र भट्टराईले बताए ।

स्वास्थ्य चौकीमा निःशुल्क वितरण भनिएका अधिकांश लोगो मेटिएको अवस्थामा स्लाइन पानी भेटिएको थियो । स्वास्थ्य चौकीमा राखिएका अधिकाशं स्लाइनमा अन्य सवै कुरा उल्लेख छ, तर सरकारबाट निःशुल्क विवतरण भन्ने शव्द मात्रै मेटिनुले स्वास्थ्यकर्मीको नियतमाथि प्रश्न उठेको अध्यक्ष सुनुवारले बताए ।

स्थानीयले साधारण स्लाईन पानी वा साधारण उपचार गर्दा पनि १ हजार ५ सय देखि ४ हजार ५ सयसम्म तिर्नु परेको जनगुनासोको आधारमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा औषधी भण्डारमा राखिएका स्लाइन पानीका अधिकांश वोटलमा नेपाल सरकारबाट निःशुल्क लेखिएको स्टिकर भाग च्यातिएको अवस्थामा भेटिएको थियो ।

प्रयोगमा आएका स्लाईन पानिका वोटलहरुमा पनि त्यस्तै अवस्थामा भेटिएको वडा अध्यक्ष सुनुवारले बताए । उक्त स्वस्थ्य चौकिका ईञ्चार्ज अन्सारीको कोठामा पनि त्यस्तै स्टिकर च्यातिएको अवस्थामा स्लाईन पानिका वोटलहरु भेटिएका वडा अध्यक्ष सहित अनुगमनमा गएको टोलिले बताएको छ ।

स्वास्थ्य चौकीका इन्चार्ज अन्सारी भने यो आरोप आफु स्विकार्न तयार नरहेको बताउछन । अन्सारीले यो केही व्यक्तिले पूर्वाग्राही तरिकाले लगाएको अरोप मात्र भएको बताउछन । उनले यदी आफ्नो त्यस्तो नियत थियो भने प्रयोगमा आईसकेको बोतल नष्ट पनि गर्न सक्ने बताउछन ।

जिल्ला सदरमुकाम देखि ढुवानी गरेर ल्याउनु पर्ने भएकाले कति पय औषधीहरुको वट्टामा कोरिने घस्रिने हुदाँ केही व्यक्तिहरुले राजनीतिक प्रतिशोध साधेको हुन सक्ने अन्सारीको भनाई छ ।

यदी आफुले कुनै पनि व्यक्तिसँग स्लाईन पानी वापत वा उपचार खर्च गरेबापत १ हजार ५ सय देखि ४ हजार ५ सय सम्म लिएको फेला परेमा आफु जस्तो सुकै कारवाही गर्न पनि आफु तयार रहेको इन्चार्ज अन्सारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group