ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशका धेरै ठाउँमा झरी, केही ठाउँमा ठूलो वर्षा : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


एबीसी / संवाददाता
१५ असार २०७९, बुधबार   ८ : ०९   बजे

काठमाडौं, १५ असार ।  गएरातिदेखि नै देशका धेरै ठाउँमा पानी परिरहेको छ । सातै प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको झरी छ भने केही ठाउँमा ठूलो वर्षा भएको छ । वर्षाका कारण सबैभन्दा धेरै असर प्रदेश(१ मा परेको छ । मोरङको गछिया खोलामा आएको बाढीले बगाउँदा सुन्दर हरैँचा–६ का ५८ वर्षका रामबहादुर विकको ज्यान गएको छ मोरङका धेरै ठाउँ डुबानमा परेको छ ।

यस्तै, झापामा पनि धेरै ठाउँ डुबानमा परेका छन् । लगातारको झरीले बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । प्रहरीले डुबान प्रभावित ठाउँका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सार्न थालेको छ ।

झापा र मोरङका झन्डै एक हजार जनालाई सुरक्षित ठाउँमा सारियो

देशका विभिन्न ठाउँमा डुबानमा परेका २ सय ८८ घरका झन्डै एक हजार नागरिकलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । लगातारको वर्षापछि जोखिममा परेका ९ सय ३४ जना व्यक्तिलाई सशस्त्र प्रहरीले हिजो उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरेको हो ।

झापाको गौरीगञ्ज गाउँपालिका–१ बालुबाढी टप्पु र कुन्जीबारी बजारका बस्तीमा माई नदी र कमला खोलाको पानीको बहाव बढेर ३८ घर डुबानमा परेका र झन्डै १ सय ५० जनालाई सुरक्षित ठाउँमा सारिएको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै झापाको बाह्रदशी गाउँपालिका–२ सुकुम्वासी बस्ती पनि डुबानमा परेको छ ।

त्यहाँ ६० घरबाट खाद्यान्न लगायतका सामग्री सुरक्षित ठाउँमा सारिएको छ । मोरङको कटहरी गाउँपालिका–१ टाइगर टोलका डुबान प्रभावित १ सय ३० वटा घरका झन्डै ५ सय २० जनालाई र खाद्यान्न तथा सरसामान सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ ।विराटनगर महानगरपालिका–१ परोपकार इलाकामा रहेको ६० घरका डुबान प्रभावित २ सय ६४ जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।

देशका धेरै ठाउँमा झरी, केही ठाउँमा ठूलो वर्षा : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

लगातारको वर्षाले नदी तथा खोलामा पानीको सतह बढेको छ । अहिले कैलाली, कञ्चनपुर र आसपासका ठाउँमा ठूलो पानी परिरहेको छ । कैलालीको कान्द्रा नदी जलसतहले सतर्कता तह पार गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले कान्द्रा, मोहना, खुटीयालगायत नदीमा एक्कासी बाढी आउन सक्ने भएकाले नदी तटीय होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै दाङ घोराही र आसपासको क्षेत्र, बाग्लुङको गलकोट आसपासमा पनि ठूलो पानी परेको छ । त्यहाँ भारी वर्षा मापन गरिएको छ । साथै बबईसहित अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu