ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिने


एबीसी / संवाददाता
२२ असार २०७९, बुधबार   १ : १३   बजे

काठमाडौं, २२ असार । करको दर हेरफेर र सीसीटीभी फुटेज विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनेभएका छन् । प्रतिनिधिसभाको बैठकमा आफ्ना कुरा राख्दै अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गर्ने भएका हुन् । अर्थमन्त्री शर्मा केहीबेर अघि संसद भवनमा पुगेका छन् ।

सम्बोधनका क्रममा शर्माले आफुले कुनै गल्ती नगरेको दाबी गर्दै आफुमाथि लागेको आरोपबारे छानबिन गर्न सघाउने प्रतिवद्धता जनाउने भएका छन् ।बजेट भाषणको अघिल्लो रात अर्थमन्त्रालयमा असम्बन्धित व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लाग्दै आएका अर्थमन्त्री शर्मा सो दिनको सीसीटीभी फुटेज हराएपछि थप विवादमा परेका थिए । अर्थमन्त्रीको दबाबमा फुटेल डिलिट गरेको भन्दै प्रमुखप्रतिपक्षी र सत्तापक्षका नेताहरुले शर्माको राजीनामा माग्दै संसदीय छानविन समिति गठनगर्नुपर्ने माग गर्दै आएका छन् ।

तर अर्थमन्त्री शर्माले आफुले कुनै गल्ती नगरेको स्पष्टीकरण दिँदै आएका छन् ।यसअघि आजै बिहान बसेको नेकपा माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्यहरुको बैठकमा अर्थमन्त्री शर्माले राजीनामा दिने सहमति भएको थियो । हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई राजीनामा दिएर छानविनलाई सघाउन आग्रह गरेका थिए ।

त्यसपछि शर्माले आफुले जनपक्षीय बजेट ल्याएको दाबी गर्दै विरोधीले आफुलाई सिध्याउन षड्यन्त्र गरेको आरोप लगाएका थिए ।अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने तयारी गरेको एमालेका सांसदसँग माओवादीका सांसदहरुले संसदभवनमा छलफल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ को सुरुङमा उद्धार प्रयास अझै सफल हुन सकेन

त्रिशूली–३ ‘ए’ को सुरुङमा ‘क्राउन ब्लास्ट’ गरिए पनि उद्धार सफल हुन सकेन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu