ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसिड र अग्निपिडित महिला घरभित्र झनै हिंसामा – रुमी राजभण्डारी, संस्थापक, अस्तित्व नेपाल, समाजसेवी


एबीसी / संवाददाता
१४ श्रावण २०७९, शनिबार   ४ : ४९   बजे

बागलुङको समृद्ध परिवारकी हुन् रुमी ।व्यवसायी तथा समाजसेवी बुबा रघुनाथ राजभण्डारी आमा रेनु राजभण्डारीको जेठी छोरीको रुमीले असल संस्कार , अनुशासन र मेहनत गर्ने परम्परा पाइन । विस २०४३ सालमा बागलुङ बजारको किनारा टोलमा जन्मिएकी रुमीले संघर्षको धेरै खड्किला पार गर्दै आएकी छिन ।

त्यहीँबाट सुरु भएको विद्यालयशिक्षा पोखरा हुँदै काठमाडौं आएर पूरा गरिन् । व्यवस्थापन अध्ययनमा लागेकी उनी बिबिए भर्ना हुँदासम्म योजनाबिनै अघि बढिन् । त्यसपछि एक्कासि उनलाई ब्याचलर इन सोसल वर्क (बिएसडब्लु) विषय पढ्ने सुझाव आयो । सुरु गरिहालिन् । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत राजधानीको एक कलेजबाट बिएसडब्लुमा स्नातक गरिन् । अहिले अध्ययनले भन्दा कर्मले खारिएकी छन् । समाजसेवीको परिचय बनाउँदै छिन्  रुमी ।

सामाजिक सेवाको काम गर्ने सोच कसरी आयो ?

मैले स्नातकमा सोसल वर्क (बीएसडब्लू) पढें । पहिला होस्टलमा बसेकोले समाजमा यस्तो पनि घटना घट्छ भन्ने केही थाहा थिएन । कलेजमा इन्टर्न गर्दा तीन महिनादेखि एक वर्षसम्म ठाउँ–ठाउँमा जानुपथ्र्यो । फस्र्ट मै जेलमा जान प¥यो । जसरी पढाएको थियो त्यो इम्प्लिमेन्ट गर्दा मैले विभिन्न मान्छेहरु ड्रग्स खानेदेखि एचआईभी लागेको पनि केशहरु हेरे । कलेजको विषयले धेरै ब्याकअप् ग¥यो । मेरो बुवाको बाग्लुङमा पसल थियो, त्यहाँ उहाँको साथीहरुले नभएको ठाउँमा चर्पीहरु बनाइदिन्थे । सामाजिक सेवा भन्ने शब्द त्यही देखि मन परेको थियो ।

एसिड र अग्निपिडितहरु कुन–कुन अवस्थामा भेटिन्छन् ? महिला बढी किन ?

अग्निहिंसा र एसिडपिडित नेपालमा महिला बढी छन् । मिडियाको श्रोत, अस्पतालबाट उपचारको लागि सहयोग चाहियो भन्ने फोन आउछ । अनि हामीले उपचार र काउन्सिल र तालिम पनि प्रदान गर्दै आएका छौं । पहिला त मिडियाले कभर पनि गरेको थिएन । दाइजो नदिएर, छोरा जन्माउन सकेन भनेर, बोक्सी आरोप, अन्तरजातिय विवाह लगायत पुरुषको प्रेम प्रस्ताव अस्वीकार गर्दा पनि धेरै एसिड प्रहार भएको छ । प्रस्ताव ‘नो’ भन्ने, मेरो नभए अरु कसैको पनि हुन दिन्नँ भनेर छ । पुरुषको त एक, दुईटा केश छ ।

म युगान्डा जादा चाहि“ त्यहा“ ४९ प्रतिशत महिलाले र ५१ प्रतिशत पुरुषले एसिड फाल्दा रहेछन् । २००९ मा पनि मैले काम गरें, त्यो बेला वर्षमा एउटा, दुइटा एसिड केश आउथ्यो । नेपालमा कुनै तथ्यांक पनि छैन । एकचोटी संगीताको केश वसन्तपुरमा आएपछि शहरमा पनि यस्तो केश हुन्छ भन्ने भयो । गाउँमा मट्टितेल हालेर आफ्नै श्रीमान, सासु, ससुरा, जेठानले आगो लाउछ तर, पानी हालेर आफैं अस्पताल पु¥याृछन् र खाना पकाउदा सारी जल्यो भन्ने झुठा केश फाइल हुन्छ । जसले गर्दा, दोषीलाई कारबाही हुन कठिन हुन्छ । कानुन फितलो छ, आर्थिक स्थिती र परिवारले उनैै पिडित महिलालाई दबाब दिइन्छ ।

तर, हाम्रो संस्थामा आउने दिदीबहिनीले सुरुमा ढाँटेपनि २, ३ महिना, कसैले ४, ५ महिनापछि मलाई श्रीमानले जलाएको, सासु, ससुराले जलाएको खुलाउनुहुन्छ ।माइतीबाट पनि सपोर्ट छैन, माइतीमा बस्यो भने इज्जत जान्छ भनेर अलिअलि कुटपिट त भइहाल्छ नि भनेपछि सहनुपर्छ भनेपछि फेरी त्यही श्रीमानसँग बस्न जान बाध्य हुन्छ । परिवर्तन त भइरहेको छ तर, अवेरनेस छैन ।

यस्तो कति वर्षको उमेर समूहका महिलाहरु छन् ?

१६ देखि ३४ वर्षसम्मको हुनुहुन्छ । गाउँमा सानो उमेरमा विवाह हुन्छ । तराइमा दाइजो नदिए आगो लाइदिने । खान त गाह्रो हुने परिवारले मोटरसाइकल कसरी दिने ? शहरमा चाहिँ केटाहरुले आफू विवाह भएको नभन्ने, जातमा नमिलेर झगडा हुने । पहिला मुख छाड्ने, अनि कुटपिट गर्ने र अन्तिम रुप चाहि मट्टितेल छर्केर जलाइदियो ।

म सँग एकदमै एसिड पिडित एकल महिलाहरु हुनुहुन्छ । कसैले फाइल बीचमै छोडेर म परिवारमा मिलेर बस्छु, परिवारले इज्जत गयो भन्छन् । कमै केशले मात्र न्याय पाएको छ ।सुरुमा मलाई एकदम गाह्रो भयो । कहिल्यै हिंसा नदेखेको म एक, दुई महिना ट्रमाटाइज भएँ । त्यहाँको महिलाहरु लाचार र वेबारिसे देखेर म जस्तो मान्छेले केही गर्नुपर्छ भन्ने फिल भयो । पहिला बाँििच्दन भन्नेले, म काम गर्न सकूँला र भन्नेले काम गर्नुुभाछ ।
अग्निपिडित र एसिडपिडितका २२ जना बच्चाहरु पढाइराछौं । आमा काममा भएपछि बच्चको बिजोग हुने भयो । कतिले कमाउन थालेपछि चाहिँ श्रीमानले मिलेर बसौं भन्दा रहेछन् । परिवारले पनि माया गर्न थाल्ने रहेछ । यो चाहिँ मेरो सफलता हो ।

तपाई पनि विवाहित मान्छे, विवाह अघि र पछि छोरी मान्छेको जीवनमा के फरक आउँछ ?

भाग्यवश मेरो त्यस्तो छैन । मेरो लभ म्यारिज् । एउटा घरबाट अर्को घर सरेको जस्तो लागेको छ । सासु, ससुरा बुझ्ने हुनुुहुन्छ । मैले जे काम गरिरहेको छु, सासु सबैलाई सुनाउँछु । आफ्नो आमा, श्रीमानलाई साथी जस्तै हरेक कुरा भन्नुप¥यो । आहा कस्तो राम्रो काम गरेको भन्नुहुन्छ । आफूमा पनि डिपेन्ड पर्छ ।

म दुईटा बच्चाको आमा हो, परवारको सपोर्टले फेमिली बढेजस्तो लाग्छ । श्रीमानको मायाले झन् धेरै सपोर्ट गर्छ ।सन् २०१८ मा अस्तित्व नेपाल संस्था खोल्नुभन्दा अघि पनि मैले बर्न भ्वाइलेन्समा काम गर्थे । गर्भवती भएपछि त्यो जागिर छोड्नुप¥यो । पहिला गुमाएको अस्तित्व मेटेपछि पन िनयाँ अस्तित्व आउछ भन्ने सन्देश स्वरुप यो संस्थाको नाम राखिएको हो ।

अहिले कोही एयररिङ बनाउने, कोही पेन्टिङ गर्ने कामबाट इम्पावर भाछ । फिजिकल फिटका लागि मेन्टल्ली फिट हुन आवश्यक छ । काउन्सेलिङबाट साइकोलोजिकल्ली ट्रिटमेन्ट पनि दिन्छौं ।म त चाहन्छु कि, यो संस्था नै बन्द हुने गरी हिंसा हटोस् । शहरमा हिंसामा पर्नेले रामे अस्पताल लानुहुन्छ । तर, पैसा हुने र शहर बजारमा पनि हिंसा त छ । म मेरो २ टा बच्चलाई पनि अहिलेदेखि सामाजिक कामको अनुभव दिलाउन चाहन्छु । बसमा अग्निपिडितहरुसँग बच्चबच्ची तर्र्सिने गर्छन् । तपाइ मेरो बच्चको छेऊमा नबस्नुस् भनेर झनै विभेद गर्छौ । त्यसैले सानो पहलबाट कसैको जीवन बच्छ भने त्यो संस्कारको सुरुवात घरैबाट पनि जरुरी छ । मेरो परिवारसँगै यो संस्थालाई अगाडि बढाउने सपना छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group