ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कविता


एबीसी न्यूज
६ माघ २०७४, शनिबार   ९ : १३   बजे

मौनता

म शून्यतामा खसेको तारा

रिमा केसी

भुईं कुहिरोले निलेको चाँदनी

जब तिमी खोजिरहेको हुन्छौ प्रभातमा शिशू

घाम

म तिम्रो मन पढेर मौनतामै मुस्काईदिन्छु मुसुक्क ।

तिम्रा एक जोडी आँखाले जब पढ्छन् मलाई

बुझ्छन या बुझ्दैनन भाषा ?

सुटुक्क हेर्छ्न मलाई

तिमीलाई अभाव हुन्छ मेरो

तिमीलाई अनिकाल लाग्छ मेरा यादहरूको

तिमीलाई खडेरी लाग्छ मेरो शितल प्रेमको

अनि

तिमी

घरिघरि यताउति गर्दै खोजिरहन्छौ हराएको

पूर्णिमाको चाँदनी

पर्खालहरू उभिन्छन् विचविचमा भयानक

तिमी डराउँछौ, अत्तालिन्छौ पर्खालसित ।

पर्खाल नफोडी कहाँ भेट्छौ तिमी चाँदनी ?

म मिठो काउकुती जगाउँदै बाँचेकी छु

चञ्चल-चञ्चल छ मेरो मन

हावाको वेगले चङ्गा बनाएको छ

बेस्सरी उडदैछ माथी माथी

आँधीबेहोरी लिएर बाँचिरहेछु जीवन

घरी ठूलो भूँमरी चल्छ र फस्छु म भूमरीभित्र

बगिरहेको छ प्रदुषित हावा

कहिलेकाँही दुख्छु-

कतै यो हावाले भेण्टिलेटरमा पुर्‍याउने त

हैन ?

अपनाउँदा अपनाउँदै सावधानी

मृत घोषित हुन नपरोस् कोही !

मलाई आफ्नै काँढाले घोच्छ, दुख्छ

चसक्क

यो दुखाई कति प्रीय !

आफ्नै व्यथामा जल्छु, यो जलन कति

शितल !

म परबाट शून्यतामै चियाउँछु

तिमीलाई आँखा तरेझैं गर्छु

तिम्रो मौन प्रेमलाई मौन स्वीकृति दिन्छु

बन्द ओठको भाषा झनै बुझ्न सजिलो

हुँदोरहेछ

म मौनतामै पढिदिन्छु प्रेमको भाषा

मेरो लागि तिमी प्रेमको परिभाषा

मौन बन्छ हाम्रो प्रेम

मौनतामै चलिरहन्छ यो प्रेम

जब मौनता खुल्छ र पोखिन्छ

त्यतिबेलै हुन्छ शायद प्रेमको मृत्यु !

म लेख्न खोजिरहेछु यौटा मौन प्रेम

मौनतामै सिद्धियोस् यौटा जिवन्त प्रेम !

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१३ मन्त्रालयको ओएनएम सकियो, ९ हजार ६०७ कर्मचारीको दरबन्दी अभिलेखमा

अधिवेशनको मितिमा विवाद, निर्माण व्यवसायी संघको बैठकमै कुटाकुट

सम्बन्धित

‘तिनीहरू: इलिफेन्ट इन द फग’ टोलीले काठमाडौंमा विशेष प्रस्तुति दिए

इन्फा अवार्डमा नीर शाह र विपिन कार्की उत्कृष्ट अभिनेता, मिरुना उत्कृष्ट अभिनेत्री

‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई

‘मास्टर्नी’ हेर्ने दर्शकलाई इलेक्ट्रिक स्कुटर जित्ने अवसर

‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, प्रेम र विवाहबीचको द्वन्द्वमा केन्द्रित कथा

काठमाडौंका ‘जीवित ख्याः’ सम्झिँदै महेश रानाको रहस्यमय कथा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu