ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीर अस्पतालको बेइमानी र लापरबाही : पित्तथैलीको पत्थरी अप्रेशन गर्नुपर्ने विरामीको दाँत को अप्रेसन


एबीसी / संवाददाता
४ भदौ २०७९, शनिबार   ९ : ४०   बजे

काठमाडौं, ४ भदौ । वीर अस्पतालमा पित्तथैलीको पत्थरीको अप्रेशन गर्न जानुभएकी राधिका ओझाको अघिल्लो भागको ३ वटा दाँत झिकिएको छ ।५० वर्षीया राधिका साउन ३० गते आफै हिँडेर अस्पताल भर्ना हुन जानुभएको थियो । राम्रो अनुहार, दाँतमा कुनै समस्या नभएकी राधिका अप्रेशनबाट निस्किदा तीन वटा दाँत गुमाएर फर्किनुभयो । राधिकालाई डाक्टर जेके ओझाको टिमले उपचार गरेको आफन्तको भनाइ छ ।

आफन्तले भन्नुभयो पित्तथैलीको पत्थरीको अप्रेशन गर्न अप्रेशन थियटरमा दाँत केही नभएकी आमा पठाउँदा अगाडिका तीन वटा दाँत निकालिएको छ । हामी गरिबको आवाज सुनिदिने को छ ? उचित छानबिन होस् । यस्ता डाक्टरहरुले हामीलाई मार्न सक्छन् । पित्तथैलीको पत्थरीको अप्रेशन गर्दा दाँत निकाल्दिनेले अरु अंग निकाल्न सक्छन् । उहाँले थप भन्नुभयो हामी यहाँ जाँच
गर्न आएका थियौँ । त्यो बेला पित्तथैलीमा पत्थरी छ भनियो । अप्रेशन गर्नुपर्छ भनेर ३१ गतेको डेट दिइयो ।

हामी ३० गतें नै अस्पताल आएर भर्ना भयौँ । ३१ गते अप्रेशन थियटरमा लगियो । केही घण्टापछि अप्रेशन सफल भएको छ भनेर सुनाईयो हामी खुशी भयौँ। आमा, भेन्टिलेटरमा हुनुहुन्थ्यो । अगाडि बोल्न सक्ने अवस्था थिएन । हामीले भेन्टिलेटरमा खासै देख पाएनौँ। त्यसपछि आइसीयूमा लगियो । त्यहाँ बिहान बेलुका भेट्न पायौँ। आइसीयूमा भेट्दा आमाको अगाडिको दाँत देखिएन । तीन वटा दाँत नदेख्दा हामी चकित भयौँ। आमालेपनि मेरो पत्थरीको अप्रेशन गरेको हो कि दाँतको अप्रेशन गरेको हो भनेर सोध्नुभयो । हामी चकित भयौँ ।

अहिले डाक्टरहरुले १० हजार दिन्छौ, ५ हजार दिन्छौ । दाँत त हो नी जहाँपनि हाल्न सकिन्छ भन्ने घटिया खालका जवाफ दिइरहेका छन् । यहाँ नेपाल सरकारका उपसचिव सागर मिश्र पनि रहेछन् । उहाँले कुनै रेस्पोन्स गर्नुभएको छैन । आज र भोलि बिदा छ । बिरामी लिएर जानुहोस् पछि कुरा गरौंला भन्दै अन्याय गरिरहेका छन् उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group