ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीओ भर्दा बढीमा ५ रूपैयाँ लाग्ने


एबीसी / संवाददाता
६ भदौ २०७९, सोमबार   ९ : ३१   बजे

काठमाडौं, ६ भदौ । नेपाल नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि– आश्वा शुल्क घटाउने भएको छ । ५ भदौ, आइतबार बसेको धितोपत्र बोर्ड बैठकमा सि– आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश हमालले बताए । अब आईपीओ लगायतका सार्वजनिक निषकासनमा अधिकतम ५ रूपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरि बोर्डमा प्रस्ताव लगेर छलफल भएको उनले बताए । सोही अनुसार निर्णय भएर चाँडै कार्यन्वयनमा जाने अध्यक्ष हमालले बताए ।

जसमध्ये १ रूपैयाँ सार्वजनिक निष्कासनन गर्ने कम्पनिले नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले पाउँनेछ । त्यस्तै १ रूपैयाँ सिडिएस एण्ड क्लियरीङ लिमिटेडले प्राप्त गर्नेछ ।अधिकतम शुल्क पाँच रूपैयाँ तोकिएको भए पनि त्यसभन्दा कम लिन सक्ने उनले बताए ।हाल सार्वजनिक निष्कासनमा बोर्डबाट सि( आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले अधिकतम १०० रूपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो ।

जसमध्ये सिडिएस एण्ड क्लियरीङले २ रूपैयाँ र धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धकले १० रूपैयाँ प्राप्त गरेर त्यसभन्दा माथिको शुल्क सि–आश्व सदस्यलाई प्राप्त हुने व्यवस्था थियो । ‘आईपीओ मा लगानी गर्ने लगानीकर्ताको संख्या ४/५ लाखबाट बढेर २५ लासम्म पुगिसक्यो, यस्तोमा लगानीकर्ताको वास्तविक मूल्यांकन गर्दै आईपीओ भर्दा लाग्ने शुल्क घटेको छ’ बोर्ड अध्यक्ष हमालले भने, ‘लगानिकर्ताको हितलाई हेरेर उनिहरूको लागि कसरी कम गर्न सकिन्छ भनेर लगानिकर्ताको पक्षमा निर्णय गर्न बोर्डमा प्रस्ताव लगेको हो ।

’ बोर्डका अध्यक्ष नियुक्त भएपछि हमालले सेयर कारोबारमा लगानीकर्ताले तिर्नुपर्ने शुल्कका विषयमा अध्ययन गर्न आन्तरिक समिति बनाएका थिए । उक्त समितिले घटाउन सकिने शुल्कहरू सहितको प्रतिवेदन बुझाएको थियो । सोही अध्ययन तथा थप छलफलपछि सि(आश्वा शुल्क घटाउने प्रस्ताव बोर्ड सञ्चालक समितिमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu