ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश १ मा संघीय निर्वाचनमा क-कस्को उम्मेदवारी (भिडियोसहित)


एबीसी / संवाददाता
२२ भदौ २०७९, बुधबार   ११ : ३४   बजे

काठमाडौं, २२ भदौ । आगामी संघीय निर्वाचनमा प्रदेश १ बाट विभिन्न शीर्षस्थ नेताहरु होमिदै छन् । सत्ता गठबन्धन अन्तर्गत परराष्ट्रमन्त्री रहेका डा. नारायण खड्कादेखि, स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका भवानी खापुङ, माओवादी केन्द्रका राम कार्की, सुदन किराँती लगायतका नेताहरु बलियो दाबेदारका रुपमा छन् । प्रदेश १ अन्तर्गत समाजवादीका सम्मानित नेता झलनाथ खनालदेखि प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु आगामी निर्वाचनको तयारीमा जुटेका छन् ।

प्रदेश १ मा उदयपुरको निर्वाचन क्षेत्र १ का लागि परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्कासहित प्रत्यक्षतर्फ आठ जनाको नाम सिफारिस भएको छ । २०७४ को निर्वाचन परिणाम अनुसार उदयपुरमा कांग्रेस र माओवादी बलियो देखिन्छ । सञ्चार तथा सूचना प्रविभि मन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की सुनसरीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सांसदका लागि एकल उम्मेदवार सिफारिस भएका छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा १ बाट सर्वसम्मत उम्मेवार सिफारिस भए । यसअघि झापा १ मा माओवादी केन्द्रका राम कार्कीले शर्मालाई पराजित गरेका थिए । कार्की भने यस पटक ओखलढुंगाबाट चुनाव लड्दैछन् । कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौला भने झापा ३ बाट एकल उम्मेदवार छन् । सत्ता गठबन्धनका नेताहरुबीच निर्वाचन क्षेत्रमा थप सहमति जुटाउने क्रम जारी छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा एमालेले वसन्त कुमार नेम्वाङ सर्वसम्मत सिफारिस गरेको छ । एमालेको इलाम १ बाट महेश बस्नेत, इलाम २ बाट सुवास नेम्वाङ संघीय सांसदका उम्मेदवार छन् । नेकपा एकीकृत समाजवादीका सम्मनित नेता झलनाथ खनाल इलाम १ बाट उम्मेदवार सिफारिस छन् । ताप्जेलुङमा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ खेलप्रसाद बुढाक्षेत्री, मिङ्माडण्डु शेर्पा र लक्ष्मीप्रसाद अन्छङबोको नाम सिफारिस गरेको छ । कांग्रेसले मोरङ २ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ डा. मिनेन्द्र रिजाल र सुजता कोइरालाको नाम सिफारिस गरेको छ । बाइट…
सुनसरी १ मा प्रत्यक्षतर्फ कांग्रेसले मीन विश्वकर्मासहित ५ जनाको नाम सिफारिस गरेको छ भने यो क्षेत्रमा एमालेले जयकुमार राईको एकल नाम सिफारिस छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष झापा ५ बाट उम्मेदवार छन् । एमालेले झापा १ मा रविन कोइराला उम्मेदवार सिफारिस गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको चार वटा क्षेत्रमा उम्मेदवार तय गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापा ३ बाट लड्दैछन् । राप्रपाले ओलीको क्षेत्रमा उम्मेदवार तय गरेको छैन ।

एमालेले मोरङ २ मा ऋषिकेश पोखरेल, मोरङ ३ मा भानुभक्त ढकाल, मोरङ ४ मा विनोद ढकाल र मोरङ ५ मा योगी मण्डल उम्मेदवार तय गरेको छ । यसैगरी, सुनसरी ३ मा भगवती चौधरी, झापा ४ मा एलपी साँवा लिम्बु, सोलुखुम्बुमा मानवीर राई उम्मेदवार तय गरेको छ । प्रदेश १ का १४ जिल्ला र त्यसका निर्वाचन क्षेत्रहरुमध्ये दलहरुले उम्मेदवार सिफारिस गर्ने क्रम जारी छ । यस प्रदेश अन्तर्गत हेबीवेटका नेताहरुबीच तीव्र प्रतिस्पर्धा हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी–त्रिशूलीको विपत्ति : हिमाली सुनामीले दिएको चेतावनी

भोटेकोशी बाढीले बगाएर ल्याएका २६ शव नवलपुरमा फेला

सम्बन्धित

१८ अर्ब डलरको सम्झौतापछि मेटामा कडा नियम, किशोरको फेसबुक–इन्स्टाग्राम प्रयोगमा दुई घण्टे सीमा

भोटेकोशी बाढी प्रभावितका लागि आइएफआरसीको १९ करोड रुपैयाँ सहयोग

भोटेकोशी बाढीको संकटबीच प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

अमेरिकी डलर स्थिर, अस्ट्रेलियन डलर महँगियो; युरो र पाउन्ड घट्यो

त्रिशूली बाढीको ठूलो प्रहारः रसुवा, नुवाकोट र धादिङमा ३५ पुल बगे 

नेपालको विदेशी विनिमय सञ्चिति ३९ खर्ब नजिक, २३ महिनाको वस्तु आयात धान्न पर्याप्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu