ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीले बगाएर ल्याएका २६ शव नवलपुरमा फेला


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ९ : ०५   बजे

नवलपुर । भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका २६ वटा शव नवलपुरमा फेला परेका छन्।

जिल्लाको नारायणी नदीको पश्चिमी किनार तथा विभिन्न भङ्गालामा ती शव फेला परेको प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले जानकारी दिनुभएको छ।

फेला परेका शवमध्ये १२ पुरुष, तीन महिला, चार बालिका र एक बालक रहेका छन्। यस्तै, ६ वटा विभिन्न अंगसमेत फेला परेको प्रशासनले जनाएको छ।

फेला परेका सबै शव गैँडाकोट नगर अस्पतालमा राखिएको छ। शवको पहिचान भने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार बिहानै स्थानीयबाट विभिन्न स्थानमा आठ–नौ वटा शव फेला परेको सूचना आएको थियो। त्यसपछि सुरक्षाकर्मीलाई खोज तथा उद्धारका लागि विभिन्न क्षेत्रमा परिचालन गरिएको हो।

बाढीले बगाएर ल्याएका शव भेटिने क्रम दिनभर अझ बढ्न सक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै बिहानैदेखि सुरक्षा निकाय परिचालन गरी नदी किनार तथा भङ्गालामा खोजी तीव्र पारिएको छ।

स्थानीय प्रशासनले शव व्यवस्थापनलाई अहिले सबैभन्दा चुनौतीपूर्ण कामका रूपमा लिएको छ। गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दुका चारवटै नगरपालिकामा १०–१० वटा शव राख्न सकिने गरी व्यवस्थापनको तयारी गरिएको छ।

प्रहरी उपरीक्षक खड्काले शव व्यवस्थापन जटिल हुने देखिएकाले यस विषयमा आवश्यक निर्णयका लागि बैठक भइरहेको बताउनुभयो।

‘सबैभन्दा जटिल काम शव व्यवस्थापन हुने देखिएको छ। त्यसका लागि अहिले हामी बैठक बस्दै छौँ,’ उहाँले भन्नुभयो।

प्रहरीले नदी किनार तथा आसपासका क्षेत्रमा थप शव वा मानव अंग फेला परे तत्काल प्रहरीलाई खबर गर्न स्थानीयवासीलाई अनुरोध गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चिनियाँ दूतावासको स्पष्टीकरण, ‘पूर्वसूचना नदिएको आरोप तथ्यहीन’

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकिँदै, विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चिनियाँ दूतावासको स्पष्टीकरण, ‘पूर्वसूचना नदिएको आरोप तथ्यहीन’

Data Center Boom Raises Concerns About AI’s Impact on Communities

Conservation Groups Sue Forest Service Over Montana Logging Project

Dominican Republic Expels Cuban Diplomats Amidst Growing U.S. Influence

US Military Spending Faces Renewed Scrutiny Amidst Iran Conflict and Domestic Concerns

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकिँदै, विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu