ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सौर्य ऊर्जाको ठेक्का तत्काल रोक्न संसदीय समितिको निर्देशन


admin
३० असार २०७४, शुक्रबार   ४ : ४८   बजे

काठमाडौँ, ३० असार । संसदीय समितिले सौर्य विद्युत् उत्पादन सम्बन्धी कार्य तत्काल स्थगन गरी तीन दिनभित्र सम्पूर्ण कागजात उपलब्ध गराउन ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिको आजको बैठकले प्राधिकरणले स्थापना गर्न लागेको २५ मेगावाट क्षमताको सौर्य ऊर्जाका सम्बन्धमा भएका काम कारबाही गलत देखिएको भन्दै सम्पूर्ण कागजातको अध्ययन समेत गर्ने निर्णय गरेको छ ।

विश्व बैंकको ऋण सहयोगमा नुवाकोटमा स्थापना हुनलागेको सो सौर्य प्रणाली जडान कार्यका लागि कम बोलकबोल गर्ने कम्पनीलाई नदिई बढी मूल्य राख्नेलाई दिएको भन्दै अधिवक्ता रमेश मैनालीले दर्ता गर्नुभएको उजुरीका आधारमा समितिले आज सो निर्देशन दिएको हो ।

बैठकपछि समिति सभापति डोरप्रसाद उपाध्यायले सौर्य ऊर्जा प्रणाली जडानका सम्बन्धमा हालसम्म भएका सबै गतिविधि स्थगित गरी सम्पूर्ण कागजात तीन दिनभित्र उपलब्ध गराउन ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।

समितिको बैठकमा सांसदहरुले सार्वजनिक खरिद ऐनको प्रावधान विपरित रु तीन अर्ब चार करोड २९ लाख सात हजार ९२ भन्दाबढी रु ६८ करोड बढी कबोल गर्ने ठेक्का दिने निर्णय भएको भन्दै आपत्ति जनाउनुभयो । तर प्राधिकरणले भने सार्वजनिक खरिद ऐनले कम बोलकबोल गर्ने कम्पनीलाई नै दिने आफ्नो योजना भए पनि प्राविधिक तथा आर्थिक पक्षको मूल्याँकन गर्दा जुन कम्पनी वस्तुनिष्ठ देखिएको हो त्यसैलाई दिइएको दाबी गरेको छ ।

 

प्राधिकरणले सार्वजनिक खरिद ऐनले गरेको व्यवस्थाअनुसार निर्णय चित्त नबुझेको सम्बन्धमा पुनरावलोकन समितिमा जान छाडेर संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकाय गुहारेर काम गर्न नदिने प्रवृत्ति हाबी भएको तर्क गरेको छ ।

विश्व बैंक, एसियाली विकास बैंक तथा चिन र भारतको आयात निर्यात बैंकको मापदण्डका आधारमा काम गर्दा कम बोलकबोल गर्ने नै योग्य हो भन्ने मान्न नसकिने अवस्था देखिएको भन्दै जसले ऋण लगानी गर्ने हो सोही संस्थाको आग्रहका आधारमा निर्णय गरिएको र त्यसमा कुनै पनि अनियमितताको गन्ध समेत नआएको स्पष्ट पारेको छ ।

तर सांसद रामहरि खतिवडा र धनराज गुरुङले भने नियम मिचेर भए गरेका कामलाई सही भन्न नसकिने भन्दै कम बोलकबोल गर्नेलाई नदिइ बढी मूल्य राख्नेलाई किन दिइएको हो भन्ने प्रश्न गर्नुभयो ।

सांसद विष्णु पौडेल, राजेन्द्र केसी, पशुपति चौलागाईं, भरत शाहले खरिद प्रक्रियामा गल्ती भइसकेको भन्दै अब कसरी सच्याउनुहुन्छ भनेर प्राधिकरणका कार्यकारी निर्देशकलाई प्रश्न गर्नुभयो ।

सांसद मीना पुन, ऋषिकेश पोखरेल, योगेन्द्र चौधरी, विकास लम्सालले प्राधिकरणले पछिल्ला दिनमा गरेको विद्युत्भार कटौतीको अन्तयलगायतका काम प्रशंसायोग्य रहे पनि त्यसैको बाहानामा गलत काम गर्न छुट पाइन्छ भन्ने मानसिकता नराख्न प्राधिकरणको नेतृत्वलाई सचेत गराउनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम बोलकबोल गर्ने नै प्राधिकरणको लागि योग्य हुने भए पनि प्राविधिक मूल्याँकनमा त्यस्तो कम्पनी असफल भएको र आफू आउनुभन्दा पहिलेका कार्यकारी निर्देशकले नै प्रक्रिया बिगारेका कारण समस्या आएको बताउनुभयो ।

कम बोलकबोल गर्नेलाई ठेक्का दिँदा प्राधिकरणले कम्तीमा पनि ४० वटा निर्माणसम्बन्धी ठेक्का तोड्नुपर्ने अवस्था आएको र त्यसमा सबैभन्दा बढी प्रशारणलाइन सम्बन्धी काम रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

तोकिएको लागतभन्दा २१।४२ प्रतिशत कम मूल्यमा सौर्य ऊर्जा उत्पादनको प्रयिक्रया अगाडि बढेको र अन्तर्राष्ट्रिय बजारमा समेत मूल्य घटेकाले लागत कम हुनगएको बताउनुभयो ।

समितिको बैठकमा ऊर्जा सचिव अनुपकुमार उपाध्यायले प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको हैसियतले सौर्य विद्युत्का सम्बन्धका कुनै पनि गलत कार्य नभएको र ऊर्जा संकट समाधान गर्ने सम्बन्धमा नियमभित्रै रहेर काम गरिएको जानकारी दिनुभयो ।

कुल २५ मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणालीका लागि १६ वटा बोलपत्र प्राप्त भएकोमा अन्तिम छनौटमा रहेको पाँच बोलपत्रमध्ये तीन वटा मात्रै योग्य देखिएको थियो । सन् २०१५ बाट प्रारम्भिक कार्य सुरु भए पनि हालसम्म निर्माण हुन नसक्नुको कारणबारे समेत संसदीय समितिमा कुरा उठेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China, Indonesia Pledge Strengthened Cooperation Amid Global Uncertainty

China’s Early Rice Output Remains Stable Despite Weather Challenges

Several Injured in Sword Attack at Swedish High School

Trump’s ‘Economic D-Day’ Threat Met With US Market Losses

Chinese State Councilor Pushes For Accelerated Youth Football Development

Chinese Cities Turn to River Water and Underground Systems for Sustainable Cooling

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu