ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टाइब्रेकरमा गोलकिपर नायक बन्दा क्रोएसिया सेमिफाइनलमा, ब्राजिल आउट


एबीसी / संवाददाता
२४ मंसिर २०७९, शनिबार   ६ : १५   बजे

 

काठमाडौं । दोस्रो पटक गोलकिपर लिभाकोभिच नायक सावित हुँदा ब्राजिललाई पेनाल्टी सुटआउटमा हराएर क्रोएसिया लगातार दोस्रोपटक फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
ब्राजिल भने लगातार दोस्रोपटक क्वार्टरफाइनलबाट बाहिरिएको छ । क्रोएसिया लगातार दोस्रोपटक पेनाल्टीमा आफूलाई अब्बल सावित गर्दै विपक्षीमाथि हावी भयो । खेलअवधि भर पनि लिभाकोभिचले थुप्रैपटक ब्राजिलका उत्कृष्ट प्रहार राखेका थिए ।

कतारको एजुकेशन सिटी स्टेडियममा आज भएको पहिलो क्वार्टरफाइनलमा ९० मिनेटसम्म कुनै गोल हुन सकेन । थपिएको ३० मिनेटको पहिलो हाफ सकिन लाग्दा १०५औँ मिनेटमा नेमारले उत्कृष्ट स्किल देखाउँदै ब्राजिललाई अग्रता दिलाए ।

तर, क्राएसियाका ब्रुनो पेटकोभिचले खेलको ११७औँ मिनेटमा बराबरी गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो । जहाँ क्रोएसियाले विश्वकपको सर्वाधिक ९पाँचपटक०विजेता ब्राजिललाई ४–२ गोलले हराउँदै क्वार्टरफाइनलबाट घर जान बाध्य बनायोे ।

क्रोएसियाले अब अर्जेन्टिना र नेदरल्यान्ड्सबीच हुने आजै हुने दोस्रो क्वार्टरफाइनलको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । क्रोएसियाले यसअघि अन्तिम १६ को खेलमा गोलकिपर लिभाकोभिच नायक बन्दा जापानलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

क्रोएसिका लागि पेनाल्टी प्रहार गरेका निकोला भ्लासिक, लोभरो माजेर, लुका मोडरिच, मिस्लाभ ओर्सिसले बललाई जाली चुमाए । ब्राजिलका रोड्रिगोले गरेको पहिलो प्रहार नै क्रोएसियाका गोलकिपरले रोके । दोस्रो र तेस्रो प्रहार गर्न आएका कासेमिरो र पेड्रोले गोल गरे । तर, अन्तिममा आएका मार्किन्होसको प्रहार पोष्टमा लाग्दा अन्तिम प्रहारअघि नै क्रोएसियाले खेल जित्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group