ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्धकारमा रहेकी बालिकालाई संसार देखाउने अभियानमा समाजसेवी थापा सफल


admin
१० माघ २०७४, बुधबार   ७ : २९   बजे

काठमाडौं, १० माघ । जन्मँदै मोतीविन्दू भएर आँखा नदेख्ने सिन्धुलीकी अर्बिना मोक्तानको उपचारका लागि समाजसेवी उज्वलविक्रम थापाले सहयोग गर्नुभएको छ ।

आफ्ना नानीको आँखा नदेख्ने भएको थाहा पाएपछि उपचारका लागि भौतारिरहेका अर्विनाका अभिभावकलाई समाजसेवी थापाले सघाउनुभएको हो । अर्बिनाका काठमाडौंस्थित तिलगंगा अस्पतालमा उपचार भइरहेको छ । यो अभियानमा थापा सफल सावित बन्नुभएको छ ।

अर्बिनाको अहिले दुवै आँखा शल्यक्रिया भइसकेको छ । यो सबै काम समाजसेवी थापाको सहयोगमा भएको हो ।

आर्थिक अवस्था कमजोर भएकाले बुबा सुबबहादुर तामाङ र आमा अनिता तामाङलाई बालिकाको शल्यक्रिया गर्न अप्ठ्यारो परेको थियो । अर्बिनाको उपचारका लागि सिन्धुली पुनर्निर्माण पुनःस्थापन अभियानका संयोजकसमेत रहेका थापाले दुबै आँखा देख्नसक्ने बनाइदिएपछि अभिभावक दंग परेका छन् ।

समाजसेवी थापाको एकल प्रयासमा बालिकाको दुवै आँखा शल्यक्रिया गर्न रकम संकलन गरेर बालिकाको भविष्य उज्जवल बनाइदिएका छन् । मंगलबार बालिकाको सफल आँखा शल्यक्रिया भएपछि अर्बिनाले संसार हेर्न सकेकी छन् ।
कमलामाई नगरपालिका–५, मधुटार निवासी मोक्तानको उपचारमा लागेको सबै खर्च थापाले जुटाउनुभएको हो । उनको खर्चका लागि ५१ हजार रुपैयाँ लागेको समाजसेवी थापाले जानकारी दिनुभयो ।

समाजसेवी थापाको आव्हानमा बालिकाको आँखा शल्यक्रियामा काठमाडौँका राजु थापा २६ हजार, निना श्रेष्ठ ५ हजार र राधा कुवँरले ५ हजार ५ रुपैँया सहयोग गर्नुभएको थियो ।

उहाँले यसअघि पनि सिन्धुलीका गरिब दुःखी जनताका लागि महत्वपूर्ण सेवा दिँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

आकाशेपुल प्रयोग गर्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पाँच दिन हिरासतमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu