ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माथिल्लो तामाकोशी आयोजनामा ढिलाई गर्ने ठेकेदारमाथि कारवाही हुँदैन ?


admin
१० माघ २०७४, बुधबार   ९ : ५०   बजे

दोलखा, १० माघ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना ठेकेदारको ढिलाइका कारण सम्पन्न हुन अझै २ वर्ष लाग्ने भएको छ । ४ सय ५६ मेगावाट क्षमताको सो आयोजनाले निर्माण कार्य छिटो छरितो बनाउने उद्देश्यले ४ भागमा विभाजन गरी ठेक्का लगाए पनि एउटा ठेकेदारले बेइमानी गर्दा दुई बर्ष ढिलाइ हुने भएको हो ।

भारतीय ठेकेदार लट–२ कम्पनी टेक्सम्याको रेलवे इञ्जिनीयरिङले लक्ष्यअनुसार काम नगर्दा आयोजना करीब २ वर्ष ढिलो हुने स्थिति देखिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताउनु भयो । ‘टेक्सम्याकोले लक्ष्यअनुसार काम नगरिदिँदा समयमै आयोजना सम्पन्न गर्न चुनौती देखिएको छ,’ प्रवक्ता न्यौपानेले भन्नुभयो ।

आयोजनाको निर्माण कार्य अहिलेसम्म करीब ९४ प्रतिशत सकिइसकेको छ । तर, टेक्सम्याकोको जिम्मामा रहेको ठेक्काको काम भने ४० प्रतिशत पनि सकिएको छैन । टेक्सम्याकोले हाइड्रो मेकानिकलअन्तर्गत बाँधस्थलको ‘गेट हब’ सम्बन्धी काम मात्र लक्ष्य अनुसार गरेको स्रोतको भनाइ छ । तर, पेनस्टक पाइपको ढुवानीको काम भने अहिलेसम्म २५ प्रतिशत मात्र भएको छ ।

टेक्सम्याकोले ढुवानी गरी जडान गर्नुपर्ने ५ मिटर लम्बाइ र ३ दशमलव ६ गोलाइ भएको करीब १ सय ६० ओटा पेनस्टक पाइपमध्ये आयोजनास्थलमा करीब ४० ओटा मात्र ढुवानी भएको छ । स्रोतका अनुसार आयोजना व्यवस्थापनले कम्तीमा २० ओटा गाडीबाट ढुवानी गर्न पटकपटक पत्राचार गरे पनि अटेर गरी टेक्सम्याकोले तीनओटा गाडीले मात्र ढुवानी गरिरहेको छ ।

टेक्सम्याकोले एउटा पेनस्टक पाइप सिमरादेखि सिन्धुपाल्चोकको सुनकोशीसम्म ल्याउन ५ दिन र सुनकोशीबाट आयोजनास्थल लामाबगरसम्म पुर्याउन करीब १२ दिन लगाएर ढुवानी गर्ने गरेको तथ्यांकले बाँकी १ सय २० ओटा पेनस्टक पाइप ढुवानी गर्न साढे २ वर्ष लाग्ने देखिन्छ । आयोजनाको ३ सय ७३ मिटरको ठाडो सुरुङ, १ सय मिटरको तेर्सो सुरुङ र ३ सय १० मिटरको अर्को ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

आकाशेपुल प्रयोग गर्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पाँच दिन हिरासतमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu