ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुकुम्बासीलाई बाडेका थिए पूर्वप्रधानमन्त्री खनालदेखि पौडेल लगायतका नेताले यस्तो आश्वासन (भिडियोसहित)


एबीसी / संवाददाता
५ पुस २०७९, मंगलबार   ९ : ५४   बजे

काठमाडौं, ५ पुष ।

काठमाडौं उपत्यकासहित देशैभरमा देखिएका सुकुम्बासी समस्या हिजोको आज उत्पन्न भएका होइनन् । यो समस्या समाधानका लागि गएका ३२ वर्षमा १७ वटा आयोग गठन भए । त्यसो त, सुकुम्बासी बस्तीको कथा हिजोका सयौं वर्षसम्म एकतन्त्रीय शासन सञ्चालन गरेको जहाँनिया राणाशासनसँग पनि सम्बन्धित छ । शाह–राणा शासनकालमा पहाडे तागाधारी कुलीनहरुलाई राज्यले हजारौं बिघा जमिन बिर्ता दिदा कति मतवाली, कमसेल र कथित अछुत भनाउदा रैतीहरु भूमिबाट वञ्चित भए ? कति सुकुम्बासी भए ? कति हरुवा–चरुवा, कमैया वा हली भए ? आज सुकुम्बासी समस्या टाउको दुखाइको विषय बनिरहदा यतातिर पनि हाम्रो ध्यान गएकै होला । प्रजातन्त्रका व्याख्याता लोकप्रिय नेता बीपी कोइराला हुन् या नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुुष्पलाल । नेतृत्वको उद्देश्य सदैव गरिबु, निमुखा, पिछडा वर्ग समुदायका नागरिकको आर्थिक तथा जीवनस्तर उकास्ने नै हो भन्ने बुझिन्छ । अझ, वामपन्थ नेताहरुले निसन्देहः जमिन जनताको हो भन्दै आएका छन् ।

रणबहादुर शाहसँग बनारस निर्वासनबाट चुनदामबिना फर्केका भीमसेन थापाले मुख्तियारी पाएपछि काठमाडौंदेखि पाल्पासम्म हजारौं रोपनी खेत र दर्जनौं महल बनाए । थापाकै भतिज माथवरसिंह थापा प्रधानमन्त्री भएपछि उनको पुरानो बिर्ता फिर्ता भयो र थप २२ सय रोपनी धानखेत जागिर दिइयो । छोटो प्रधानमन्त्री कालमा उनले बारा, रौतहट, सप्तरी र महोत्तरीमा थप २५ हजार ३ सय ४६ बिघा जग्गा बिर्ता पाए । उनका भान्जा एवम् प्रधानमन्त्री जंगबहादुर कुँवर राणाले ब्रिटिस साम्राज्यबाट उपहारमा पाएको नयाँ मुलुक बाँके, बर्दिया, कैलाली रर कन्चनपुरलाई आफ्नै बिर्तामा रुपान्तरण गरे । यसरी बिर्ता र जागिर वितरण गर्दा कति मानिस जग्गाजमिनबाट वञ्चित भए ? कति सुदूरपश्चिमेली भूमिहिन रैती भए ? यस्ता ऐतिहासिक पक्षबाट कसका हातमा जग्गा गए र कसका हात खाली भए भन्ने समिक्षा पक्कै भएकै छ । तर, पछिल्ला जो परिवर्तन, भूमिहिन सुकुम्बासीका लागि राजनीतिक गर्छौ भन्दै उदाए त्यसबाट पनि आशातित अवस्था देखिएन । नेपाली कांग्रेस रामचन्द्र पौडेलले २०४२ सालताका मनोहरा फाँटमा कृषि अन्तराष्ट्रिय बजार खोल्ने भनेर सुकुम्बासी बसाउने काम गरेको आरोप अधिकारकर्मी प्रेमलाल महर्जनले लगाए ।

गोरखा राज्य विस्तारको मुख्य उद्देश्य थियो धेरैभन्दा धेरै भूमि कब्जा गर्ने, भूमिमा काम गर्ने प्रजा कमाउने र तिब्बत–भारत इन्टरपोट व्यापारको नाका हडप्ने । त्यसबेलादेखि राजनीति वा सैनिक व्यक्तित्वलाई बिर्ता र जागिरको व्यवस्था भयो र खेती–किसान गर्नेहरुको घर छाप्रा र झुप्रामा फेरिए । टिस्टादेखि रावीसम्म गोरखाली साम्राज्य विस्तार गरिँदा होस् या मधेशदेखि तिब्बतसम्म लगभग उपनिवेश खडा गरिँदा तिनको चर्को मारमा खेतीपाती गर्ने किसान नै परे । श्रमिकका रगत, पसिनाले दरबार ठडिदै गए र आमरुपमा मानिस भूमिहिन हुदै गए । यसबीचमा, तीन दशकमा १७ आयोग गठन हुदा आयोगले ४३ हजारभन्दा धेरै जमिन वितरण ग¥यो तर, यो समस्या जस्ताको तस्तै रह्यो । काठमाडौं थापथलीमा सुकुम्बासी बस्ती हुनुमा तात्कालीन प्रधानमन्त्री झलनाथ खनालको समेत हात रहेको अधिकारकर्मी प्रेमलाल महर्जनको आरोप छ । त्यसयता भूमिसम्बन्धि कानुन नै संशोधन गर्ने गरिएपनि समस्याको दीगो समाधानमा सरकार उत्तरदायि नबनेको उनले बताए ।

२०४६ को राजनीतिक परिवर्तनपछि २०४७ सालमा द्रोणप्रसाद आचार्यको नेतृत्वमा बनेको वन संरक्षण कार्यदलले सुकुम्बासीले वनजंगल अतिक्रमण गरेको भन्दै यो समस्या समाधान गर्न सरकारलाई सुझाव दिएको थियो । २०४७ यत वर्षेनी भनेजस्तो सुकुम्बासी समस्या समाधानका लागि आयोगहरु गठन हुदै आएका छन् । यो समस्या केही वर्ष थन्कने र अहिले देखिएजस्तै गरी क्षणिक समयका लागि ह्वात्तै सतहमा आउने गरेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले समस्या समाधानका लागि नै महानगरले यसखाले कदम अघि बढाएको बताए ।

वास्तविक सुकुम्बासीका जीवनकथा थोरै पनि खोज्ने हो भने आर्थिक विपन्नताका कारण मात्रै नभई सामाजिक बहिष्करणमा पर्ने गरेकाहरु सुकुम्बासी बस्ती पुग्ने गरेका छन् । राजनीतिक, सामाजिक, जातिय उत्पिडनमा परेकाहरु अन्त कतै सहारा नपाएपछि अन्ततः सुकुम्बासी बस्ती छिरेका छन् । २०७१ को तथ्यांक अनुसार देशभर ८ लाख ६१ हजार सुकुम्बासी परिवार छन् । तर, सुकुम्बासी समस्या समाधानका लागि गठन भएका आयोगबाट गैरसुकुम्बासीलाई जग्गा र वास्तविक सुकुम्बासीलाई कागज मात्रै बाँडिएको विभिन्न अध्ययन–अनुसन्धानका क्रममा खुलेका छन् । लामो समयदेखि देखिदै आएको सुकुम्बासी समस्या समाधानका लागि हठात् र आवेगमा नभई प्रक्रियागत ढंगको समाधानका लागि राज्यले पहल लिनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

TikTok Reaches $400 Million Settlement in US Child Privacy Case

Nepal Prime Minister Visits Muktinath Temple in Mustang

Right-Wing Surge in Latin America Coincides with Trump’s Foreign Policy

US Sanctions on ICC President Spark Debate Over International Justice

Putin Warns of ‘Catastrophic Scenario’ for Ukraine Amid Escalating Strikes

ICC President Warns Sanctions Threaten International Law

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu