ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘डन बस्को’ ले बनाइदियो विद्यालयको नौ कोठे पक्की भवन


एबीसी न्यूज
११ माघ २०७४, बिहिबार   १ : २५   बजे

 

दोलखा, ११ माघ ।   नेपाल डन बस्को सोसाइटी ठेचो ललितपुर शाखाको सहयोगमा विनाशकारी भूकम्पबाट पूर्ण क्षति भएको जलदेवी मावि काभ्रेमा करिव रु एक करोड ६४ लाखको लागतमा नौ कोठे आधुनिक तथा सुरक्षित पक्की आरसिसी ट्रस भवन निर्माण गरिएको छ ।

बैत्यश्वर गाउँपालिका–५ मा रहेको उक्त विद्यालयको भवन निर्माण सकिएपछि २८औँ वार्षिकोत्सव तथा ११औँ अभिभावक दिवसका अवसरमा नवनिर्मित भवन हस्तान्तरण गरिएको हो ।

विद्यालयको स्थायित्व, समृद्धि र विकासमा सहयोग गरेकामा बैत्यश्वर गाउँपालिका प्रमुख छवि लामाले उक्त सोसाइटीका फादर अब्राहम, फादर राजु, सिस्टर अन्नीसमेतलाई सम्मान गर्नुभयो ।
उहाँले भौतिक संरचनाले मात्र शैक्षिक विकास हुन नसक्ने भएकाले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर ल्याब, खेलकुदका सामग्री, आइसिटी कक्षाका लागि आवश्यक सामग्रीसमेतको व्यवस्थापन गरिदिनसमेत अनुरोध गर्नुभयो ।

उक्त सोसाइटीका निर्देशक फादर अगष्टिले भूकम्पबाट विद्यालयको भवन क्षति भएर खुल्ला आकाशमुनि अध्ययन गर्न विवश सानासाना नानीहरुका लागि सेवा भावले भवन निर्माण गरेको र आगामी दिनमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यमा निरन्तर सहयोग गर्दै जाने बताउनुभयो ।

धेरै संस्थाले विद्यालय निर्माण गर्न अनुमति लिएर भागे पनि उक्त सोसाइटीले भने इमान्दारितापूर्वक आफूले लिएको जिम्मेवारी पूरा गरेकामा निमित्त जिल्ला शिक्षा अधिकारी भक्तबहादुर गोदारले सो संसथाको प्रशंसा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पार्टीभित्रको असन्तुष्टि सामाजिक सञ्जालमा नलैजान ओलीको चेतावनी

ट्रकको ठक्करबाट एमाले नेतृ सावित्रा सापकोटाको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सांसद र मन्त्रीको बोलीमा बढ्दो अराजकता, संसदीय मर्यादामाथि प्रश्न

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई जसपा नेपालको समर्थन फिर्ता

पार्टीभित्रको असन्तुष्टि सामाजिक सञ्जालमा नलैजान ओलीको चेतावनी

ट्रकको ठक्करबाट एमाले नेतृ सावित्रा सापकोटाको मृत्यु

कालीमाटीमा आज तरकारीको मूल्य : गोलभेँडा ६५, काउली ९५ रुपैयाँ

कर्णालीमा एमाले–नेकपा मन्त्रालय भागबन्डा विवाद, मन्त्रिपरिषद् विस्तार अनिश्चित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu