ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ सरकारमा एमालेको भूमिका कस्तो होला (भिडियोसहित)


एबीसी न्यूज
२२ पुस २०७९, शुक्रबार   १० : ५६   बजे

काठमाडौं, २२ पुस । एमाले–माओवादी नेतृत्वमा सात पार्टी जुटाएर नयाँ सत्ता गठबन्धन बनेपछि नयाँ सरकारमा नेकपा एमालेको भूमिका कस्तो रहँला भन्ने विषयले ठाउँ लिएको छ । विगतमा जुटेर पनि जोगिन नसकेको पार्टी फेरि जुट्नुमा पनि नेकपा एमालेको ठूलो भूमिका छ । सत्ता गठबन्धन फुटाउने रणनीतिमा रहेको एमाले सफल पनि भएको छ ।

सक्ता समीकरणमा रहेको सबै भन्दा ठूलो दलको हिसाबले एमालेले पाएको निर्णायक अवसरले सरकारलाई कसरी अगाडी बढाउँछ भन्ने चर्चा हुन थालेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै दिन नचाहेपछि एमालेको साथ खोज्न बालकोट पुगेका थिए भने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली त्यही क्षणको प्रतीक्षामा थिए । यस हिसाबले सत्ता गठबन्धन फुटाउने रणनीतिमा रहेको एमाले सफल भएको देखिन्छ । दोहोरो आवश्यकताले अहिले एमाले– माओवादीबीचको समीकरण भएको छ । त्यसो त एमालेको पहिलो योजना अहिले बनेको समीकरण थियो भने अर्को कांग्रेससँग सहकार्य गर्ने थियो । अहिले एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाएर आलोपालो गर्ने तथा राष्ट्रपति र सभामुख आफूले लिने भएको छ । साथै प्रदेशमा पनि ठूलो दलको हैसियतले सोही अनुसार भागवण्डा गर्ने तयारी गरिरहेको छ । अहिले एमाले र माओवादीको गठबन्धन नबनेको अवस्थामा एमालेले सातै प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख र सभामुखसहितका ३५ पद गुमाउनुपर्ने अवस्था थियो ।

त्यसर्थ पनि नयाँ गठबन्धन बनेसँगै प्रचण्ड प्रधानमन्त्री त भए तर त्योभन्दा ठूलो जित एमालेको भयो । रणनितिक रुपले सफल एमालेलाई संवैधानिक पदाधिकारीदेखि राजदूत नियुक्तिसम्मका शक्ति–अभ्यासको अवसर पनि आएको छ । माओवादीले कांग्रेस नेतृत्व गठबन्धनको सहकार्यमा सरकार निर्माण गरेको भए एमाले यी सबै अवसरबाट वञ्चित रहन्थ्यो । देशले जे–जसरी भए पनि नयाँ प्रधानमन्त्री पायो यद्यपी, नेपालको राजनीतिक अस्थिरताको अन्त्य भएको छैन । नेपालका दलहरू सत्ताका लागि मात्र मरिहत्ते गर्दै आएका छन् । संसदको तेस्रो दलले प्रधानमन्त्री पाउनु पनि त्यसैको उदाहरण हो । आम मानिस नयाँ बन्ने सरकारले विकास र समृद्धि ल्याउला भन्ने कुरामा विश्वस्त हुने वस्तुगत आधार छैनन् । आम मानिसमा रहेको चरम निराशालाई आशामा बदल्न नयाँ सरकारले विशेष ध्यान दिन जरूरी रहेको एमाले सांसद विद्या भट्टराई बताउँछिन् । उनले नागरिकका आवश्यकतालाई उपेक्षा नगरी ठिक ढंगले सम्बोधन गर्नेतर्फ पार्टी प्रतिबद्ध रहेको बताएकी छिन् ।

अप्रत्याशित अवसर पाएको एमालेले नै अब सबै दलहरूका बीचमा नयाँ ढंगको सहमति कायम गरेर व्यक्तिगत र दलीय स्वार्थ छाडेर काम गर्नुपर्छ । देशी–विदेशीहरू रिसाउने पो हुन् कि भन्ने कुरा बिर्सिएर देश र जनतालाई केन्द्रमा राखेर समृद्ध मुलुकको आवश्यकता पूरा गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी र निर्वाचन प्रणालीमा परिवर्तन गर्नुपर्छ । लोकतन्त्रलाई संस्थागत गर्न नसक्दा र सत्ता र भत्ताका लागि मात्र दलहरूले मरिहत्ते गर्दा देशको विकास अवरुद्ध भएको छ । सरकार गठनको जुन ताण्डव देखियो त्यसले अब देशको शासकीय स्वरुपमा नै परिवर्तन नगर्ने हो भने अस्थिरताको अन्त्य हुँदैन भन्ने संकेत गरेको छ । नेपालीको दैनिक जीवनसँग जोडिएका सवालहरू सम्बोधन गर्न नयाँ सरकारलाई चुनौती त हुनेछ तर कुशल व्यवस्थापनमार्फत नेपालीको दैनिक आवश्यकता सम्बोधन गर्नु नै पर्छ । नेपालको खस्कँदो आर्थिक अवस्था र नागरिकहरूको शिक्षा, स्वास्थ्य, रोजगारी आदि जस्ता सवालहरूको तारतम्य कसरी मिल्छ त्यो भने हेर्न बाँकी छ । नयाँ सरकारमा दलीय स्वार्थ त्यागेर, देश र जनताको हितमा अहोरात्र काम गर्नेमा एमाले प्रतिबद्ध हुन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group