ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालीले आफ्नो सरकार ‘बलजफ्ती’ बनाए, के विगारे, यसमा ‘उताको’ किन चासो ? : अध्यक्ष ओली


ABC NEWS
२३ पुस २०७९, शनिबार   ४ : ५४   बजे

 

काठमाडौं २३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार नेपालीले बलजफ्ती बनाएर कुनै गल्ती नगरको बताएका छन्।

एमालेका नवनिर्वाचित सांसदहरुको प्रशिक्षण कार्यक्रममा ओलीले भने ‘यो नेपालीहरुले बलजफ्ती बनाएको सरकार हो । यो सरकारलाई हामी सफल सरकार बनाउन चाहन्छौं । यो सरकारलाई हामी उपयुक्त ढंगले गाइड गर्न चाहन्छौं । यसले सही नीति लेओस् । यस सरकारले भ्रष्टाचार नगरोस् । भ्रष्टाचार नसहोस् । यसले सुशासन र विकास निम्ति उचित र आवश्यक कदमहरु दृढताका साथ चालोस् । सक्रियतापूर्वक अघि बढोस् । हामी त्यो चाहन्छौं ।

‘ उनले भने ‘पर्सि २६ गते प्रतिनिधिसभाका सदस्य साथीहरु प्रतिनिधिसभामा समयमा हाजिर हुने र मतदान गर्ने प्रतिनिधिसभामा प्रधानमन्त्री माथि विश्वास छ भन्ने कुरालाई बहुमतले पुष्टि गर्नु पर्दछ । यस काममा हामी केन्द्रित छौं ।’
‘हामीले यो सफलता प्राप्त गरेका छौं। नेपालीलाई बनाउन नदिने चाँजोपाँचो थियो। यो ज्यादै ठूलो उपलब्धी हो।’ भारतलाई लक्षित गर्दै ओलीले भने सरकारलाई फेरफार गर्न सकिन्छ कि भनेर बाह्य शक्ति लागिरहेका छन् ।

‘अहिले पनि हाम्रा मित्रहरु ढोकाबाट होइन कम्पाउन्डबाट झरेर यसरी नेपालमा नेपालीले नै सरकार बनाउन कहाँ पाइन्छ ? यसलाई फेरफार गर्नुपर्छ भनेर लागिरहेकाले यति भन्न बाध्य भएको हुँ,’ भन्दै ओलीले स्पष्टीकरण दिए ‘हामी हाम्रा छिमेकी सबैसँग समान सम्बन्ध राख्न चाहन्छौं, यहाँ सरकार बन्दा इगोको विषय बनाउनुपर्ने आत्तिनु पर्ने केही पनि छैन।’

अहिले कूटनीतिक गतिविधि बढेको भन्दै ओलीले यस्ता क्रियाकलाप बन्द गर्न र सार्वभौम सिद्धान्त अनुसार चल्न छिमेकी र मित्रराष्ट्रहरूलाई आग्रह गर्दछु उनले भने ।

ओलीले पार्टीका निर्वाचित सांसदहरू अगामी २६ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकालाई विश्वासको मत दिन निर्देशन दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले ‘वी विल कम ब्याक’ भन्दै सरकार ढाल्ने प्रयास गरिरहेको भन्दै ओलीले भने, ‘अहिले असफल पार्ने प्रयास धेरै भइरहेको छ। मााननीय सभापति शेरबहादुर देउवाले भन्नुभयो, वी वील कम ब्याप। हि डजन्ट डन्ट होएन दे कम ब्याकरु,’ उनले भने, ‘संकेत उहाँहरुले २६ गते नै ढाल्छौं र आउँछौं भन्नुभयो। उहाँहरु यस्तो खुद्रा खेल खेलिरहनुभएको छ।’

कांग्रेसले पुस २६ मा नै सरकार ढाल्ने खुद्रा र गुलेली खेल खेल्योः केपी ओली

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group