ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी हुन् आज बसेकाे कांग्रेस संसदीय दलको बैठकले गरेको निर्णयहरू


abc tv
२३ पुस २०७९, शनिबार   ९ : १५   बजे

काठमाडौं, २३ पुस ।  आगामी २६ पुस बिहान पुनः बस्ने गरी कंग्रेस संसदीय दलको बैठक सकिएको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा सबै तहका नेता कार्यकर्ता र आमजनतालाई धन्यवाद दिएको छ ।

कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकल निम्न बमोजिमका अन्य प्रस्तावमा माथि छलफल भई निर्णय गरेको छ ।

१. नेपाली काँग्रेस संसदीय दलको यो प्रथम बैठक गत मंसिर ४ मा सम्पन्न निर्वाचनबाट नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो दलका रूपमा निर्वाचित गर्ने आदरणीय मतदाताप्रति हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछ ।

२. निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन भूमिका निर्वाह गर्नु हुने पार्टीका सबै साथीहरुलाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
३. स्थानीय तहको निर्वाचनपछि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाली काँग्रेस नेतृत्वको निवर्तमान सरकारलाई यो बैठक बधाई तथा धन्यवाद ज्ञापन गर्दछ ।
४. प्रतिनिधिसभामा प्रभावकारी र जिम्मेवार भूमिका निभाउँदै जनाताको विश्वास र पार्टीका साथीहरूको अपेक्षा बमोजिम कार्य गर्न एकताबद्ध ढंगले अघि बढ्ने यो बैठक प्रतिबद्धता व्यक्त गर्दछ ।
५. यो बैठक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलता साथ सम्पन्न गरेकोमा निर्वाचन आयोग, सुरक्षा निकाय, समग्र कर्मचारी प्रशासन, नागरिक समाज, बुद्धिजीवी र निर्वाचनमा संलग्न सबैको भूमिकाको उच्च सराहना गर्दछ ।
६. निर्वाचनको समयमा जनतालाई निरन्तर सुसूचित गर्ने सम्पूर्ण सञ्चार माध्यमप्रति यो बैठक सम्मान प्रकट गर्दछ ।
७. यो बैठक संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने प्रक्रिया यथाशीघ्र प्रारम्भ गर्ने निर्णय गर्दछ । ८। नेपाली कांग्रेस संसदीय दलको अर्को बैठक यही २६ पुस  बिहान ९ः०० बजे बस्ने निर्णय गर्दछ ।
शोक प्रस्ताव :
१. यो बैठक नेपाली कांग्रेसका नेता एवं संविधान सभा सदस्य माननीय कुलबहादुर आले र पूर्व सांसद श्री मैया देवी श्रेष्ठको निधन प्रति गहिरो शोक व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । २। निर्वाचनको क्रममा बाजुरा जिल्ला त्रिवेणी न।पा। वडा ७ को मतदान केन्द्रमा प्रहरीको गोलीबाट मृत्यु भएका ने।वि।संघका नेता संजिव ऐडीको मृत्यु प्रति गहिरो शोक व्यक्त गर्दै यो बैठक दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीपछि पाँच जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार केन्द्रित

केरुङनजिकै बनेको कृत्रिम ताल प्राकृतिक रूपमा बगेर पूर्ण रूपमा खाली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

२४ वर्षपछि मलेसियाबाट घर फर्किए होमबहादुर, गाउँलेले माया मारिसक्दा पत्नीले आशा छाडिनन्

रसुवा बाढीपछि पाँच जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार केन्द्रित

केरुङनजिकै बनेको कृत्रिम ताल प्राकृतिक रूपमा बगेर पूर्ण रूपमा खाली

शान्ति सम्झौताको २० वर्षपछि पनि बेपत्ता परिवार न्यायको प्रतीक्षामा

Nepal Rescuers Resume Efforts to Reach Workers Trapped in Hydropower Tunnels

Search And Rescue Underway At Trishuli-3 ‘B’ Hydropower Project

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu