ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको न्यूनतम साझा कार्यक्रम : तत्काल ४ वटा आयोग, चुनावी बाचाको सारसंक्षेप, कार्यान्वयन असम्भव ! (पूर्णपाठ)


ABC NEWS
२५ पुस २०७९, सोमबार   ८ : ४१   बजे

काठमाडौं २५ पुस। सरकारले नागरिकको जीवनस्तर र जनजीविकालाई सम्बोधन गर्ने भन्दै चार वटा आयोग गठन गर्ने घोषणा गरेको छ ।
सोमबार सार्वजनिक भएको न्यूनतम साझा कार्यक्रममा दुई वटा उच्चस्तरिय आयोग र दुईवटा संयन्त्रको अबधारणा अघि सारिएको छ ।
ती संयन्त्र र आयोग बनेर महत्वाकांक्षी कार्ययोजना लागू गर्न भने असम्भव जस्तै छ ।

१.न्यायपालिका सुधारका लागि आयोग

सरकारले न्यायपालिकाको संरचनागत सुधारका लागि अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठनको परिकल्पना गरेको छ ।

त्यो आयोगले दिने सुझाव र सिफारिसका आधारमा न्यायपालिकामा संरचनगत परिवर्तन र सुधारको पहल हुनेछ । नीति तथा कार्यक्रममा भनिएको छ, ‘आम नागरिकहरूले सहज, छरितो र निष्पक्ष न्याय पाउने सुनिश्चित गर्ने ।’

२. प्रशासनिक सुधार कार्यदल

न्यूनतम साझा कार्यक्रममा अर्को कार्यदलको परिकल्पना छ । जसले नागरिक प्रशासन र सुरक्षा निकायलाई सक्षम, व्यावसायिक र जनताप्रति उत्तरदायी बनाउन आवश्यक सुझाव दिनेछ ।

विज्ञ सम्मिलित उच्चस्तरीय कार्यदलले दिएको प्रतिवेदनका आधारमा व्यापक सुधार प्रक्रिया अगाडि बढाउने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

३.राष्ट्रिय भूमि आयोग

सरकारले भूमिमा किसानको सहज पहुँच र भूमिहिनहरुलाई जग्गा वितरण गर्न ‘राष्ट्रिय भूमि आयोग’ गठन गर्ने घोषणा गरेको छ । त्यसले ‘भूमि व्यवस्थाको संरचनामा अन्तरनिहीत समस्याहरूको दिगो समाधान’ दिने भनिएको छ ।

न्यूनतम साझा कार्यक्रममा उल्लेख भएअनुसार, आयोगले दुई वर्षभित्र सुकुम्बासी, मुक्त हलिया, मुक्त कमैया र अव्यवस्थित बसोबासी समस्याको समाधान गर्नेछ ।

४. सडक दुर्घटना अध्ययन कार्यदल

सडक दुर्घटनाका कारणवारे अनुसन्धान गर्न अर्को कार्यदल बन्ने भएको छ । उच्चस्तरीय कार्यदल नाम दिइएको संयन्त्रले सडक दुर्घटनाको कारण अध्ययन गर्नेछ र सुझाव दिनेछ ।

न्यूनतम साझा कार्यक्रममा सवारी दुर्घटनास्थल र बारम्बार सवारी दुर्घटना भइरहेका सडकहरू पहिचान गरी त्यस्ता सडकहरूको प्राथमिकताका साथ मर्मत सुधार गर्ने योजना छ ।

सबै नागरिकलाई १ वर्षभित्र राष्ट्रिय परिचयपत्र, ५ वर्षमा दुई अंकको आर्थिक बृद्धि

सत्तारुढ दलको साझा नीति तथा कार्यक्रमको पूर्ण पाठ यस्तो छ ।

CMP – 2079, Final

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group