ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठ कारसहित पक्राउ


admin
३० असार २०७४, शुक्रबार   ७ : २१   बजे

भीमदत्तनगर, ३० असार । सरकारी कागजात किर्ते गरी कार तथा मोटरसाइकल किनबेच गर्ने गिरोहका नाइके कैलाली, भजनी–३ का ३७ वर्षीय गोकुलप्रसाद श्रेष्ठलाई प्रहरीले आठ थान जीपसहित पक्राउ गरेको छ ।

श्रेष्ठसँगै उनका सहयोगी भीमदत्तनगरपालिका–४ का २५ वर्षीय हिमाल जोशीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । लाखौँ मूल्य पर्ने कार तथा मोटरसाइकल भारतबाट ल्याएर भन्सार लिलाम गरेको किर्ते कागजात महाकाली र सेती अञ्चल यातायात कार्यालयमा दर्ता गर्ने गिरोहका नाइकेलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार बुटवलबाट पक्राउ गरी आज भीमदत्तनगरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रकाशबहादुर चन्दका अनुसार अभियुक्त श्रेष्ठले छ महिनायता बर्दियाको गुलरिया छोटी भन्सार कार्यालयबाट सवारी साधन लिलाम गरेका कागजात यातायात कार्यालयमा दर्ता गर्ने क्रममा पेश गर्ने गरेका थिए । वैधानिक रुपमा सवारी साधन छोटी भन्सार कार्यालयले लिलाम गर्न मिल्दैन ।

अभियुक्तका साथबाट रु एक लाख, दुई थान ल्यापटप, एक दर्जन गाडीका ब्लुबुक, बैंकमा राजश्व दाखिला गरेको भौचरलगायत सामग्री बरामद गरिएको छ । लिलाम प्रक्रिया पूरा गरेका कागजातसहित यातायात कार्यालय पुग्ने गरेका श्रेष्ठलाई यातायात कार्यालयले पनि आवश्यक दर्ता प्रक्रिया पूरा गर्ने गरेको देखिएको छ । “किर्ते कागजातका आधारमा दर्ता गरी ढड्डामा अभिलेख राखी ब्लुबुक दिँदासम्म यातायात कर्मचारीहरुको गम्भीर त्रुटि देखियो”, प्रहरी उपरीक्षक चन्दले पत्रकार सम्मेलनमा भन्नुभयो, “यहाँ दर्ता गरेर धौलागिरिलगायत अन्य अञ्चल कार्यालयमा अञ्चलीकरण गर्ने क्रममा घटनाको रहस्य खुल्यो ।”

भारतबाट नेपालतर्फ चोरीका गाडी पठाउने गिरोहका तीन भारतीयको पनि पहिचान भएको बताउँदै प्रहरीले पक्राउ गर्न भारतीयपक्षसित समन्वय गरिएको जानकारी दिएको छ । अभियुक्त श्रेष्ठले नेपाली नं हालेका जीप र मोटरसाइकल सस्तोमा बिक्री गर्ने गरेका थिए । “रु ६० लाख पर्ने जीपहरु २० लाखसम्म बिक्री गरेको देखियो” चन्दले भन्नुभयो, “खरिदकर्ताहरुले पनि गाडीका कागजात सक्कली देखेपछि किनमेल गरेको देखिन्छ ।”

श्रेष्ठले महाकाली अञ्चल यातायात कार्यालयबाट सात जीप, १५ थान मोटरसाइकल तथा सेती अञ्चल यातायात कार्यालयमा एक थान जीप र २२ थान मोटरसाइकल दर्ता गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । प्रहरीले दर्ता खारेजीका लागि यातायात कार्यालयलाई पत्राचार गरिसकेको जनाएको छ । यातायात कार्यालयहरुले पनि श्रेष्ठले ल्याएका कागजात जाँच नगरी हचुवाका भरमा दर्ता गरी आवश्यक प्रमाण दिने गरेको देखिएको छ । सो अवैध कार्यमा यातायात कर्मचारीले पनि मिलोमतो गरेको आशंका गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले आठ जीपमध्ये पाँच कार र तीन थान मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । अरु कार र मोटरसाइकल अन्य क्षेत्रबाट नियन्त्रणमा लिएर ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ । श्रेष्ठको पक्राउसँगै प्रहरीले म १ च ५१४, से १ च १८१०, म १ च ५२३, म १ च ५२५ र भारतीय नं प्लेटको एचआर ५१ बिआर ९३२७ नंको कार नियन्त्रणमा लिएको छ । से ४ प ५५३४, म २ प ६१४५ र म २ प ५८७७ नंको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China, Indonesia Pledge Strengthened Cooperation Amid Global Uncertainty

China’s Early Rice Output Remains Stable Despite Weather Challenges

Several Injured in Sword Attack at Swedish High School

Trump’s ‘Economic D-Day’ Threat Met With US Market Losses

Chinese State Councilor Pushes For Accelerated Youth Football Development

Chinese Cities Turn to River Water and Underground Systems for Sustainable Cooling

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu