ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पृथ्वी जयन्तीमा ओलीसँग राजेन्द्र र रविको भलाकुसारी, ओली पुग्दा ‘आइ लभ यु ओली बा’को हुटिंग (फोटो फिचर समेत)


ABC NEWS
२७ पुस २०७९, बुधबार   ८ : ००   बजे

 

काठमाडौं । ३०१ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको भृकुटीमण्डपमा जलपान समारोह गर्यो ।

मध्यान्न १२ बजेदेखि भृकुटीमण्डपको चौरमा राप्रपाका नेता कार्यकर्ताले भरिएको थियो । भाषणको कुनै कार्यक्रम नराखिएको जलपान समारोहको सुरुमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष पशुपति शमशेरण राणा, प्रकाशचन्द्र लोहनी आफ्नै दल तथा अन्य दलका नेता कार्यकर्तालाई स्वागत गरिरहेका थिए ।

राणा र लोहनी झण्डै १ घण्टा कार्यक्रममा बसेर बाहिरिएपछि अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवल शमशेर राणा, विक्रम पाण्डे लगायतले नेता कार्यकर्तालाई मञ्चमा उभिएर हात मिलाउँदै स्वागत गरे ।

खासगरी युवा पुस्ताका राप्रपा कार्यकर्ता नेता लिङ्देनसँग सेल्फी खिच्न व्यस्त देखिन्थे । राजाराम पौडेल, प्रेमराजा महत, योगेश्वर अमात्य, शम्भुजित वास्कोटा लगायतका कलाकारहरू जलपान समारोहमा पुगेका थिए ।

राजनीति दलका नेतार्फ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सबैभन्दा पहिला समारोहमा पुगे । उनी पुग्दा साढे २ बजेको थियो । त्यसपछि एमाले सांसद रघुजी पन्त, कांग्रेस सांसद रामहरि खतिवडा, एमाले नेता विष्णु रिमाल, राजन भट्टराई प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया पुगेका थिए ।

दिउसो ३ बजे एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, उपमहासचिव प्रकाश ज्वाला आइपुगेका थिए ।

दिउँसो साढे ३ बजेतिर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा पुगेका थिए । उनी मञ्चमा राप्रपाका नेता कार्यकर्ताको लाइनमा आबद्ध भएर मञ्चसम्म पुगेको दृश्य राप्रपाका नेता कार्यकर्ताले अनौठो मानेर हेरिरहेका थिए । मञ्चमा लिङ्देनसँग भेट भएपछि थापाले हात मिलाएर अंकमाल गरे ।

जलपान समारोहमा झन्डै ४ बजे उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ पुगेका थिए । त्यसपछि गृहमन्त्री रवि लामिछाने पुगेका थिए । कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गरेको बताउँदै आजको दिन महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

४ बजेर १० मिनेटमा एमाले अध्यक्ष केपी शर्मा ओली जलपान समारोहमा पुग्दा एउटा समूहले केपी बा हाई हाई भन्ने नारा समेत लगाएको थियो । मञ्च अगाडि राखिएको पृथ्वीनारायण शाहको तस्बिरमा पुष्प गुच्छा चढाएर ओली मञ्चमा पुगेका थिए । ओली पुगेको केहीबेरपछि राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु कार्यक्रम समापन गर्दै चियापान समारोहमा गएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सोमबार (२५ पुस) को मन्त्रिपरिषद् बैठकबाट पृथ्वीजयन्तीका दिन २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरे।

सत्ता गठबन्धनमा सामेल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘सरकारमा सहभागिता’ र ‘प्रधानमन्त्रीलाई विश्वासको मत’ का लागि पृथ्वीजयन्तीमा सार्वजनिक विदालाई सर्त बनाएको थियो। त्यसैले, विश्वासको मत उपर प्रतिनिधि सभामा मतदान हुनु अघिल्लो दिन प्रचण्डले पृथ्वीजयन्तीमा विदा दिने निर्णय गरेका थिए।

विसं २०६२–०६३ अघिसम्म पृथ्वीजयन्तीमा दिइँदै आएको सार्वजनिक विदा लोकतान्त्रिक आन्दोलनको सफलतासँगै माओवादी शान्ति प्रक्रियामा आएपछि संसदवादी दलहरुको सरकारले कटौती गरेको थियो।

पृथ्वीजयन्तीका अलावा तत्कालीन राजा ज्ञानेन्द्र, रानी कोमल, युवराज पारस मात्र होइन, स्वर्गीय वीरेन्द्र र महेन्द्र जयन्ती (१ पुस) मा दिइँदै आएका विदाहरु पनि त्यो बेला कटौतीमा परेका थिए।

राप्रपा नेपालका अध्यक्ष कमल थापा उपप्रधानमन्त्री रहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले ०७४ मा विदा दिएबाहेक १७ वर्षयता पृथ्वी जयन्तीमा विदा दिने गरिएको थिएन।

पृथ्वी जयन्तीका तस्वीरलाई बालकोटले छानेर राखेका फोटाहरु यस्ता छन् ।

तस्वीर स्रोत  : बालकोटपेज

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group