ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका–चीन चिप युद्ध : बाधक बन्दै वासिङ्टन नीति


ABC NEWS
३ माघ २०७९, मंगलबार   ६ : ००   बजे

सेमिकन्डक्टर उद्योगमा अमेरिकाले स्मार्टफोनदेखि युद्धका हतियारसम्म चिनियाँ प्रगतिलाई रोक्न आफ्नो प्रयास तीव्र पारेको छ । गत वर्षको अक्टोबरमा अमेरिकाले अहिलेसम्मकै व्यापक निर्यात नियन्त्रण गर्ने घोषणा गर्‍यो । चीनमा चिप निर्यात गर्नुपरेको खण्डमा कम्पनीले अनिवार्य रूपमा अमेरिकी टुल्स वा सफ्टवेयर प्रयोग गरेको हुनुपर्ने र ती विश्वमा जुनसुकै ठाउँमा बनेका भए पनि हुने भनियो ।

वासिंटनको यस्तो नीतिले अमेरिकी नागरिक र ग्रिनकार्डहोल्डरलाई पनि चिनियाँ चिप कम्पनीमा काम गर्न रोक्छ । जब कि ग्रिनकार्डहोल्डर भनेका स्थायी रूपमा बासिन्दा हुन् । उनीहरूलाई देशभित्र जहाँ पनि काम गर्ने अधिकार हुन्छ । तर, अमेरिकाको यस्तो घोषणाले चिनका लागि काम गर्ने अमेरिकी प्रतिभालाई किनारा लगाउनेछ । जसले गर्दा तीव्र गतिमा चलिरहेको सेमिकन्डक्टर चिप निर्माणमा बाधा पुग्नेछ ।

किन यसो गर्दै छ अमेरिका ?
विशेष चिप्सहरू पावर सुपर कम्प्युटर, आर्टिफिसियल इन्टेलिजेन्स र मिलिट्री हार्डवेयरका लागि प्रयोग हुन्छ । अमेरिकी वाणिज्य विभागका उपसचिव एलन एस्टेभेजले नियमको घोषणा गर्दै यसो गर्नुको उद्देश्य अमेरिका सैन्य अनुप्रयोगसँैगै संवेदनशील प्रविधिलाई चिनले अधिग्रहण गर्नबाट रोक्न सक्दो प्रयास गरिरहेको छ भन्ने सुनिश्चित गर्नु थियो ।

गत अक्टोबरमा अमेरिकाले अहिलेसम्मकै व्यापक निर्यात नियन्त्रण गर्ने घोषणा गर्‍यो । चीनमा चिप निर्यात गर्नुपरेको खण्डमा कम्पनीले अनिवार्य रूपमा अमेरिकी टुल्स वा सफ्टवेयर प्रयोग गरेको हुनुपर्ने र ती विश्वमा जुनसुकै ठाउँमा बनेका भए पनि हुने भनिएको थियो ।

अमेरिकालाई सधैँ भयको अवस्था सिर्जना भइरहेको छ । त्यसका लागि उसले आफ्नो नीति अद्यावधिक गरिरहेको छ । यसको अर्थ हो, उसले नयाँ चुनौतीलाई सम्बोधन गर्दै छ । अर्कातिर, चीनले यस्तो घोषणालाई ‘प्रविधि आतंकवाद’ भनेको छ । एसियाली देशमा चिप्स उत्पादन गर्ने ताइवान, सिंगापुर र साउथ कोरियाजस्ता देशले अमेरिकाको हालैको घोषणाले वैश्विक आपूर्ति शृंखलालाई कसरी प्रभावित गरेको छ भनी चिन्ता जनाएका छन् ।

सूचीमा चिनियाँ फर्म
जो बाइडेन प्रशासनले अधिक चिप्स निर्माता वाइएमटिसीसहित ३६ वटाभन्दा बढी कम्पनीलाई एकाइ सूचीमा समाविष्ट गरेको छ । यसको अर्थ हो, अमेरिकी कम्पनीले चिप्स बेच्न सरकारको अनुमति लिनुपर्ने हुन्छ, जुन अनुमति पाउन कठिन छ । गत हप्ता युकेस्थित कम्प्युटर चिप डिजाइनर आर्मले विशेष डिजाइनमा बनेका चिप चीनलाई बिक्री नगर्ने घोषणा ग¥यो । साथै, उसले अमेरिकी तथा बेलायती नियन्त्रणका कारण अलिबाबालाई समेत नबेच्ने बताएको छ ।

डब्लुटिओसँग चीनको गुनासो 
वल्र्ड ट्रेड अर्गनाइजेसन (डब्लुटिओ)सामु चीनले सेमिकन्डक्टरका साथै प्रविधिजन्य अन्य सामान निर्यात नियन्त्रणको अमेरिकी नीतिविरुद्ध गुनासो दर्ता गरेको छ । जो बाइडेन शासनमा आएपछि बेइजिङले अमेरिकाविरुद्ध ल्याएको यो पहिलो डब्लुटिओ केस भएको बताइएको छ ।

यस्तै, डब्लुटिओ केसमा चीनले अमेरिकाविरुद्ध विज्ञान, प्रविधि, इन्जिनियरिङ र म्यानुफ्याक्चरिङ क्षेत्रमा आफ्नो नेतृत्व बनाइराख्न निर्यात नियन्त्रणको दुरुपयोग गरिरहेको आरोप लगाएको छ । चीनका अनुसार अमेरिकी प्रतिबन्धले वैश्विक औद्योगिक आपूर्ति शृंखलाको स्थिरतालाई खतरा भएकोसमेत केसमा उल्लेख छ । जवाफमा अमेरिकाले देशको सुरक्षा संयन्त्रका लागि व्यापार निकाय सही फोरम नभएको बताएको छ । अमेरिकी वाणिज्य निर्यात प्रशासनका सहायक सचिव थी केन्डलरले राष्ट्रिय सुरक्षा हितका लागि उच्च प्रविधिसम्म पुग्नबाट अस्वीकार गर्न निर्णयक रूपले काम गर्न आवश्यक रहेको बताएका छन् ।

चीनद्वारा दर्ता गरिएको गुनासोमा अमेरिकाले करिब २८ सय चिनियाँ सामान निर्यातमा प्रतिबन्ध लगाएको तर यीमध्ये १८ सय सामान अन्तर्राष्ट्रिय व्यापार नीतिअनुसार अनुमति भएको उल्लेख छ । यता, अमेरिकासँग यो समस्या सल्टाउन एक महिनाभन्दा बढीको समय छ । यदि उल्लिखित समयमा समस्याको निक्र्योल निस्केन भने चीनले यो केस प्यानललाई पुनर्विचार गरिदिन भन्न पाउनेछ ।

यो महिना सुरुवातमा डब्लुटिओले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा स्टिल र आल्मुनियममा अमेरिकाले लगाएको शुल्कले विश्वव्यापी व्यापार नीतिको उल्लंघन गरेको फैसला गरेको थियो । चीनले अमेरिकालाई बेच्ने दुईतिहाइ सामान करको अधीनमा छ ।

जापान र नेदरल्यान्ड्ससँग छलफल
जापान र नेदरल्यान्ड्सले सम्भवतः चीनमाथि निर्यात नियन्त्रण लगाउन सक्छन् । यस्तो नियन्त्रणले चिनियाँ बजारमा जापानिज र डच कम्पनीको उत्पादन बेच्ने क्षमतालाई सीमित गर्नेछ । गत हप्ता ह्वाइटहाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभनका अनुसार अमेरिकाले चिप बनाउने उपकरण आपूति गर्ने दुई मुख्य देशसँग अमेरिकाले झैँ प्रतिबन्ध लगाउनेबारे छलफल भएको छ ।

अमेरिकी प्रतिबन्धले चिप निर्मातालाई मात्रै लक्षित गर्दैन । त्यसले त चिप बनाउन प्रयोग हुने उपकरण उत्पादकलाई पनि प्रभावित तुल्याउनेछ । जापान र नेदरल्यान्ड्समा रहेका केही ठूला कम्पनीले ठूला उपकरण खरिदकर्ता गुमाउनेछन् ।

अब अगाडि के ?
चिप निर्माता कम्पनी पनि नयाँ उत्पादनलाई सहयोग हुने विशेष चिप उत्पादन गर्नुपर्ने दबाबमा छन् । उदाहरणका लागि एप्पलको नयाँ ल्यापटपमा तीन नानोमिटरको ताइवानी सेमिकन्डक्टर उप्पादकको चिप हुनेछ । भलै, चीनले खुला रूपमा सेमिकन्डक्टरको उत्पादनलाई प्राथमिकता दिँदै यस क्षेत्रमा प्रमुख शक्तिशाली बन्ने भन्ने तापनि जानकारहरूका अनुसार अमेरिकाको प्रतिबन्ध नीतिले चीनलाई अन्य देशको तुलनामा पछाडि पार्न सक्छ । अमेरिकाले यसअघि नै चीनको चिप उद्योगलाई संकटको भुमरीमा धकेलिसकेको छ ।

बिबिसी

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group