ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गायन समाजको नयां अध्यक्षमा दिपक लिम्बु, डा. चित्र मावो सम्मानित


एबीसी न्यूज
४ माघ २०७९, बुधबार   १२ : १०   बजे

काठमाडौं । गायन समाज ताप्लेजुङ(काठमाडौं)को गत माघ ३ गते काठमाडौमा सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पहिलो नेपाली तारा बिजेता गायक दिपक लिम्बुको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

नयां कार्यसमितिको उपाध्यक्षहरुमा आशीष भट्टराई, मोहन मादेन, सुसन साम्शोहाङ र तारा थेवे, महासचिवमा मेघराज मगराती, सचिवमा कन्चन थलङ, कोषाध्यक्षमा जशोदा सुब्बा, सहकोषाध्यक्षमा रुकमान लिम्बु र सदस्यहरुमा भीम लिम्बु, सुस्मा लिम्बु, पदम राई, रन्जिता सावदेन, राजन पालुङवा, विना भट्टराई, अनिल खड्का र निर्मल सुब्बा आशीष निर्वाचित भएका छन् । सोही अवसरमा गत स्थानीय चुनावमा ताप्लेजुङको सिरिजंघा गाउपालिका उपाध्यक्षमा निर्वाचित बहुआयमिक व्यक्तित्वका धनी डा. चित्र माबोलाई ताप्लेजुङको धरतीमा जन्मेर नेपाली साहित्य, गीत लेखन, अनुसन्धानमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अथिति सांस्कृतिक संस्थानका महाप्रवन्धक अशोककुमार राई, वरिष्ठ चलचित्र निर्देशक नविन सुब्बा र वरिष्ठ गायक जसध्वज गुरुङले उनलाई सम्मानीत गरेका थिए ।

मेची अंचलका लोकगीतहरुको विषयमा विद्यावारिधि गर्नुभएका डा. मावो साहित्यकार र गीतकारका रुपमा पनि परिचित छन् । २०६० सालमा उनको पहिलो गीत रेकर्ड भएको थियो । त्यसयता उनले कान्छी सोल्टिनी, सप्तरंगी, भारतीय अतिक्रमणविरुद्ध लेखिएको गो ब्याक ईण्डियाजस्ता गीतहरु बजारमा ल्याईसकेका छन् । साहित्यतर्फ डा. मावोका रोजेको फुल, प्रयोगशालाजस्ता कृतिहरु प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group