ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महानगरपालिकाका मेयर बालेन शाह मध्यरातमा फेसबुकमा जुहारी खेलेपछि


एबीसी न्यूज
७ माघ २०७९, शनिबार   ११ : १५   बजे

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह मध्यरातमा फेसबुकमा जुहारी खेल्न पुग्छन् । तर यस्ता हर्कतमा बालेन माहिर छन् । झर्दै गरेको बालेनको उचाइलाइ यस्ता सस्ता कर्मले झनै सार्वजनिकरूपमा कमजोर बनाइरहेको भनेर आलोचना हुने गर्छ ।

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले शुक्रबार आफनो फेसबुकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई मेन्सन गर्दै केही प्रश्नको जवाफ दिन आग्रह गरे ।काठमाडौं महानगरपालिकाका मेयर साहले डोजर आतंक फैलाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । रक्षक नै भक्षक भएको भन्दै मेयर साहविरुद्ध प्रश्न उठाउँदै केही प्रश्नको जवाफ मागे।त्यही साहविरुद्ध उठेको प्रश्नहरु सेयर गर्दै निर्देशक भण्डारीले मेयर बालेन साहलाई भत्काउन पुग्यो अब बनाउ भन्दै केही प्रश्नको उत्तर जवाफ दिन आग्रह गरे । उनले विरोधीको आवाजलाई विकासको तथ्थाङले दबाउन सकिन्छ भन्दै सुझाव दिए ।

सो स्टाटसमा रिप्लाइ गर्न आएका बालेनले विशाललाइ पैसामा बिकेको मान्छेभन्दै बालेनले विशाललाइ तिम्रो प्रश्नको जवाफ दिन जरूरी छैन भनेर रिप्लाइ गरेका छन् । यसअघि विशालले भत्काको बाहेक बनाको देखिन,भन्नेको संख्या बडि भईसको । साथी अब बनाम , भत्काउन पुग्यो। भनेर एउटा स्टाटस लेखेका थिए । स्टाटसमा ११ बुँदाको फोटो सेयर गरेपछि बालेन जुहारी खेलेका हुन ।

विशाल भण्डारीको स्टाटसमा वालेन जाइ लागेपछि वालेनलाइ गाली गर्नेहरूको लर्को देखिएको छ । दिपेन्द्र शर्मा लेख्छन्, मेयरको घमण्ड र कार्यशैली हेर्दा काठमाडौंका मतदाताले पछुतो मान्न पाँच वर्ष पर्खिनु नपर्ने सङ्केत देखिदैछ।लामो जुहारीमा सयौँ अरू पनि समावेश भएका छन् ।

राति नै विशालले अर्को स्टाटस लेखेर वालेनलाइ दनक हान्छन्, मैले प्रस्न सोधेको माफ पाउ श्री ८ बालेन शाह। भत्काउनुबाहेक के बनाउनुभयो  ??????? यसको पनि रिप्लाइ गर्न फेरि तम्सिन्छन् वालेन । यसको रिप्लाइमा वालेनले विशाललाइ भाइ भनेर सम्बोधन गर्दै काम गरिरहेको मान्छेलाइ राति राति दुख दिन पाइँदैन भनेर विशालको गाउँको मेयर के गर्दैछ थाहा छ भनेर रिप्लाइ गर्छन् । यो स्टाटसमा पनि सयौँ जनाले कमेन्ट गरेका छन् । धेरैले वालेनको आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group