ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विस्फोटक पदार्थको अभावमा निर्माण कार्य रोकियो


एबीसी न्यूज
१२ माघ २०७४, शुक्रबार   ३ : ००   बजे

जाजरकोट, १२ माघ । जाजरकोट जिल्लाको नलसिंङगाड जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माण कार्य रोकिएको छ । पहुँच मार्ग निर्माणका लागि आवश्यक पर्ने विस्फोटक पर्दाथको अभावमा निर्माणकार्य रोकिएको हो । कालीमटी देखि मधेरीखोला सम्मको करिव ११ किलोमिटर सडक निर्माणका लागि काम भइरहेको भएपनि कडा चट्टना भएको स्थानमा आवश्यक विस्फोटक पर्दाथको अभावमा निर्माण दुई महिना देखि रोकिएको छ ।


अहिले कालीमटी देखि सहिद मानवहादुर रावल दुर्घटना स्थल सम्म करिव ४ किलोमिटर निर्माण कार्य सम्पन्न भएको छ । वाँकी सडक निर्माणका लागि विस्फोटक पदार्थ नहुँदा काम रोकिएको लामा खड्का , कृष्ण गाल्ला जे भी का प्रतिनिधी राजनसिंह रावलले जानकारी दिनुभयो ।

अहिले दुई महिना देखि खोलिएका ४ हजार भन्दा वढी प्वालहरुमा विस्फोटक पदार्थ विस्फोटन गर्नका लागि विस्फोटक पदार्थ नहुँदा काम ठप्प भएको छ । कडा चट्टान भएका कारण वलास्टिङ विस्फोटन नगरि काम गर्न नसक्ने अवस्था भएकाले सरकारले आवश्यक विस्फोटक पदार्थ उपल्व्ध नगराउदा काम रोकिएको रावलले वताउनुभयो । अहिले रुकुम, रोल्पा , कपिलवस्तु, वाँकेका ८० जना भन्दा वढी कामदारहरु काम विहिन भएर वसिरहेको र कामले अझै गति लिन नसकोे बताउनुभयो ।

विस्फोटक पदार्थ नपाए सम्म काम गर्न नसकिने रावलको भनाई छ । आर्थिक वर्ष २०७१ ७२ सालमा सम्झौता भई ३६ महिना भित्र निर्माण कार्य सम्पन्न गर्नका लागि खड्का , कृष्ण गाल्ला जे भी ले २४ करोडमा ठेक्का लिएको थियो । तोकिएको मिति सम्म आधा काम पनि नहुँदा यहाँका स्थानीयहरु आक्रोशित भएका छन् । पहुँच मार्ग निर्माणको ढिलाईका कारण वारेकोट गाउँपालिका जाँने स्थानीयवासीहरु दैनिक जीवनको वाजी लगाएर यात्रा गर्न वाध्य छन् ।
अप्ठयारो वाटोमा केही यात्रुहरुले पैसा तिरेर नलसिंङगाड खोला वारपार गर्न वाध्य छन् ।

वारेकोट गाउँपालिकामा खाद्यान्न लिन समेत समस्य हुँदै आएको छ । पहुँच मार्ग निर्माणको ढिलाईका कारण दैनिक मानिसहरु समस्यमा परेका छन् । यो आयोजना नलगाड नगरपालिका वडा ७ को दल्लीमा पावर हावस र वारेकोट गाउँपालिका को अधेरीखोलामा ड्याम वन्दै छ । ४ सय १० मेघावाट विद्युत उत्पादनको लक्ष्य राखिएको यो आयोजना ६ नम्वर प्रदेशकै सवै भन्दा ठुलो आयोजना हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लुम्बिनी सरकारबाट जसपाले फिर्ता लियो समर्थन, मुख्यमन्त्री आचार्यलाई विश्वासको मतमा चुनौती

संघीय संसद्का दुवै सदनको बैठक आज, चार विधेयक प्रतिनिधिसभामा पेस हुँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Heavy Monsoon Rains Trigger Warnings Across Nepal

Escalating Violence Reported In Occupied Palestine Amid Diminished International Attention

लगातार वर्षाले ९ सडकखण्ड अवरुद्ध, यात्रामा सावधानी अपनाउन प्रहरीको आग्रह

Japan’s Economic Growth Slows, Missing Forecasts

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

Renaissance Masterpieces Stolen in Italian Museum Heist

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu