ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध चयन हुँदै


एबीसी / संवाददाता
२३ माघ २०७९, सोमबार   ९ : ३२   बजे

काठमाडौँ, २३ माघ । आज राष्ट्रियसभाले उपाध्यक्ष पाउँदै छ । मध्यान्ह १२ बजे बस्ने राष्ट्रियसभाको बैठकले नेकपा (माओवादी केन्द्र)की उर्मिला अर्याललाई उपाध्यक्ष बनाउने भएको छ ।

उपाध्यक्षमा अर्यालको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध चयन हुनेछिन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेपछि अर्यालको एक्लो उम्मेदवारी परेको थियो ।

राष्ट्रिय सभामा माओवादी केन्द्रका संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ प्रस्तावक छन् भने समर्थकमा नेकपा (एमाले)का सांसद् देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा छन् ।

आजको बैठकको सम्भावित कार्यसूचीअनुसार उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका श्रेष्ठले ‘अर्याललाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

साथै उक्त प्रस्तावको सांसद देवेन्द्र पौडेल र खिमलाल देवकोटाले समर्थन गर्ने छन् ।

त्यसपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याललाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।

तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो ।

राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रको १५ र नेपाली कांग्रेसका १० सांसद् छन् । यस्तै, नेकपा (एकीकृत समाजवादी)का ८, जनता समाजवादी पार्टीका ३, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन् ।

एक जना स्वतन्त्र र तीन जना राष्ट्रपतिबाट मनोनित सांसद छन् । रिक्त रहेका एक सदस्यका लागि यही माघ २५ गते निर्वाचन हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China Imposes Lifetime Accountability for Environmental Damage by Officials

Asia-Pacific Youth Discuss Green Energy Transition in Shenzhen

China Advances Key Legal Revisions, Including Road Safety and Anti-Corruption Measures

China, India Hold Latest Round of Boundary Talks in Beijing

Chinese Ambassador Meets with Nepali Foreign Secretary

Pokhara Tourism Entrepreneurs Seek UAE Ambassador’s Support for New Dubai Flights

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu