ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतदाता नामावलीबाट रवि लामिछानेको नाम हटाउन माग गर्दै आयोगमा निवेदन दर्ता


एबीसी / संवाददाता
२५ माघ २०७९, बुधबार   ७ : २४   बजे

काठमाडौँ, २५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नाम मतदाता नामावलीबाट हटाउनुपर्ने मागसहित निर्वाचन आयोगमा निवेदन परेको छ । सर्वोच्च अदालतबाटै अवैध ठहर भएको नागरिकताबाट जारी भएको मतदाता परिचयपत्रसमेत खारेज गर्न माग गर्दै अधिवक्ता अनुपम भट्टराईले आयोगमा निवेदन दर्ता गराएका हुन् ।

“माघ १३ गते सर्वोच्च अदालतबाट मुद्दा नम्बर ०७९–WC–००३५ मा रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत् रूपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भइ कायम रहन मिल्ने देखिएन भन्ने ठहर गरेको छ,” निवेदनमा भनिएको छ,“निजले अदालतले ठहर गरेको भोलिपल्ट जिल्ला प्रशासन कार्यालय, काठमाडौँ गएर रितपूर्वक नेपालको नागरिकता लिएका छन् । तत् सम्बन्धमा मतदाता नम्बर २६३४२९ को प्रयोग गरी निजले काठमाडौँ क्षेत्र नं. ३ काठमाडौँ महानगरपालिका, वडा नं ६ खानेपानी संस्थानको परिसर, पानीट्यांकीबाट २०५० सालमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले जारी गरेको नागरिकता नं १८२२२ बाट प्रयोग गर्दै आएका मतदाता परिचय पत्र रद्द गरिपाउन मतदाता नियमावली ऐन, २०७३ को दफ (१८(१)बमोजिम प्रमाणसहित यो निवेदन पेस गरेको छु ।”

अधिवक्ता भट्टराईले मतदाता नियमावली ऐन, २०६३ को दफा १८(२) बमोजिम निजको नाम मतदाता नामावलीबाट हटाउन माग गरेका छन् । अदालतबाटै अवैध ठहर भएको नागरिकताबाट जारी भएको मतदाता परिचयपत्र पनि अवैध हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा उठेका सांसदका प्रश्नको जवाफ दिन सरकारले सुरु गर्‍यो विशेष संयन्त्र

फ्लूका कारण पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह अस्पताल भर्ना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

River Erosion Threatens Crucial Myagdi Bridge

Writer Argues Against Reliance on AI, Citing Impact on Thought

Silent Discrimination in Workplaces: The Practice of ‘Backgrounding’ Subordinates

Nepal’s Iron Ore Mining Projects Stall, Fueling Import Dependence

Nepali Artists Mark Film’s Cannes Success With Open-Air Painting Event

Iowa’s Economic Woes and Environmental Concerns Threaten Midterm Elections

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu