ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जब भूकम्प गएको दुई दिनपछि भग्नावशेषबाट पूरै परिवारलाई जीवितै निकालियाे


ABC NEWS
२५ माघ २०७९, बुधबार   ९ : ०४   बजे

एजेन्सी: एकातर्फ भूकम्पले गरेको विनाश भय‌ंकर छ भने अर्कातर्फ हालको अत्यधिक चिसो मौसमका कारण त्यहाँकाे अवस्था झन् जटिल बनेको छ।

भूकम्पको दुई दिन बितिसक्दा लगातार रुपमा खटिएका उद्धारकर्मीहरूले ती भग्नावशेषबाट मानिसहरूलाई जीवितै निकाल्न सकिने आशा मार्दै जान थालेका थिए।

तर बुधबार बिहान, ४८ घण्टापछि, आफ्नै घरले पुरिएर रहको एक परिवारको सबै सदस्यहरूलाई जीवितै निकाल्न उनीहरु सफल भए।

भूकम्पकाे केन्द्रविन्दु नजिकै रहेको एक अपार्टमेन्टकाे भग्नावशेषमा पुरिएर रहेका ३ वर्षीय आरिफ खानलाई सकुशल निकालिएको भिडियो हाल भाइरल भइरहेको छ।

यसअघि उनका बाबु र परिवारका अन्य सदस्यलाई पनि जीवितै उद्धार गरिएको एबीसी सेभेन न्यूजले जनाएको छ।

उनीहरू दुई दिनसम्म कठ्याङ्ग्रिने चिसो र अन्धकार भग्नावशेषमा च्यापिएर रहेका थिए।

यसैगरी, म‌ंगलबार पनि उद्धारकर्मीहरूले एक नवजात शिशुलाई जीवितै निकालेका थिए। ती शिशु भग्नावशेष भित्र आफ्नाे मरिसकेकी आमासँग टाँसिएर रहेका थिए।

भग्नावशेषले पुरिएर आमाको मृत्यु भए पनि भर्खरै जन्मेको बच्चा जीवितै रहनुलाई चमत्कारको रुपमा लिइएको छ।

त्यहाँ सोमबार ७.८ म्याग्निच्युडको भूकम्प गएको केही घण्टापछि नै झण्डै त्यति नै शक्तिशाली दोस्रो पराकम्प गएको थियाे।

जसका कारण हालसम्म ९ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भैसकेको छ।

यस भूकम्पमा परी २० हजार मानिस हताहत भएको अनुमान उद्धार तथा राहतको समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group