ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड भन्छन् – घेराबन्दी तोडेर सरकारको नेतृत्व लियौँ


ABC NEWS
२६ माघ २०७९, बिहिबार   २ : १९   बजे

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चौतर्फी घेराबन्दी, छिचोल्दै सरकारको नेतृत्व लिन सफल भएको बताएका छन्।

काठमाडौंमा बसेको स्थायी समिति बैठकमा समसामयिक राजनीतिबारे ब्रिफिङ गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

पार्टी निर्णयबारे जानकारी गराउन जारी गरिएको आन्तिक परिपत्रमा प्रचण्डले गरेको ब्रिफिङ उल्लेख गरिएको छ ।

गम्भीर चुनौती र अवसरबीच आफूहरु सरकार सञ्चालनको अवस्थामा पुगेको उनले बैठकमा बताएका निए ।

अझै पनि प्रतिगमकारी शक्तिहरुबाट विभिन्न भ्रम जालझेल, षड्यन्त्र र गणतन्त्र र संघीयता विरोधी विभिन्न आवाज आउन थालेको भन्दै प्रचण्डले उपलब्धि प्राप्त गर्न क्रियाशील रहनुपर्ने आवश्यक्ता रहेको उल्लेख गरेका छन्।

प्रचण्डले देशभरका कार्यकर्तालाई वर्तमान स्थितिका बारेमा चर्चा गर्दै भनेका छन् –
–चौतफी घेराबन्दी, विभिन्न राजनैतिक दाउपेच र षड्यन्त्रलाई छिचोल्दै हाम्रो पार्टीको नेतृत्वमा सरकार निर्माण गर्न सफल भएको। यसले समग्र पार्टी र आम जनसमुदायमा सकारात्मक प्रभाव पारेको।

–हामी यतिबेला गम्भीर चुनौती र महान् अवसरका बीचमा आइपुगेका छौँ। प्राप्त भएको महान् अवसरले पार्टी पुनः निर्माणको बलियो आधार बनेकाले सिङ्गो पार्टीपंक्ति एकढिक्का भएर जनस्तरका समस्याहरु समाधान गर्दै पार्टी पुनरनिर्माण र सबै तहका सरकारलाई सफल तुल्याउन दृढतापूर्वक लाग्न जरुरी रहेको।

–सरकारका तर्फबाट पेश गरिएको साझा न्यूनतम् कार्यक्रम, संसदमा सम्माननीय प्रधानमन्त्रीको पहिलो सम्बोधन र विश्वासको मत लिँदा गरिएको सम्बोधनले सरकार राष्ट्र, राष्ट्रियता, सुशासन, तीव्र आर्थिक विकास र समृद्धिप्रति प्रतिवद्ध छ भन्ने कुरा जनस्तरसम्म विश्वास पैदा हुँदै गएको र विश्वासको मतसम्म आउँदा राष्ट्रिय सहमति बन्न सक्ने आधार तय भएको।

–अझै पनि हाम्रो पार्टीप्रति प्रतिगमकारी शक्तिहरुबाट विभिन्न भ्रम जालझेल, षड्यन्त्र र गणतन्त्र र संघीयता विरोधी विभिन्न आवाजहरु आउन थालेको पृष्ठभूमिमा त्यस प्रकारका गलत एवं निन्दनीय हर्कतप्रति पार्टीपंक्ति सचेत रहँदै जनस्तरमा बहस छलफल चलाएर प्राप्त उपलब्धीको रक्षा गर्दै थप उपलब्धी प्राप्त गर्न क्रियाशिल रहन पर्ने आवश्कता महसुस भएको।

महाधिवेशन भएको एक वर्षपछि माओवादीको पहिलो सर्कुलर, ३८६ पूर्ण र २०२ जना बैकल्पिक केन्द्रीय सदस्य (सूचीसहित)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group