ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको भ्रमणका लागि मोदीको निम्तो लिएर भारतीय विदेश सचिव क्वात्रा सोमबार काठमाडौँ आउने


ABC NEWS
२७ माघ २०७९, शुक्रबार   ९ : ४०   बजे

काठमाडौं २७ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रधानमन्त्री प्रचण्डलाई दिल्ली भ्रमणको निम्तो लिएर भारतीय विदेश सचिव विनयमोहन क्वात्रा आगामी सोमबार नेपालको दुई दिने भ्रमणका लागि आउने भएका छन् । भारतीय विदेश सचिवको भ्रमणको तयारी भइरहेको छ। आज घोषणा हुनेछ’, मन्त्रालय स्रोतले बताएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार क्वात्रा दुईदिने फ्रेबुअरी १३–१४ तारिखमा काठमाडौं भ्रमणमा आउन लागेका हुन्। विदेश सचिव क्वात्राले नेपालमा रहँदा प्रधानमन्त्री प्रचण्ड , विदेश मन्त्री विमला राई पौडेल र राष्ट्रपति विद्यादेवी भण्डारीसंग शिष्टाचार भेट गर्नेछन् । क्वात्राले समकक्षी भरत पौडेलससंग कार्यमूलक वाता र छलफल गर्नेछन् । क्वात्रा काठमाडौंमा रहंदा विभिन्न राजनीतिक दलका प्रमुख तथा नेताहरुसंग पनि भेट्ने भारतीय दूतावास स्रोतले बताएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण मार्चको दोस्रो हप्ता गर्नेगरी तयारी शुरु भएको बताइएको छ ।

क्वात्रा काठमाडौं आउने दिनमा आउने सोमबार अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर पनि नेपाल आउने तय भएको छ।
अमेरिकाले नेपालमा राजनीतिक सक्रियता बढाएका बेला छिमेकी भारतका तर्फबाट पनि भ्रमण तय भएको हो। राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड अघिल्लो साता नेपाल भ्रमण गरेर फर्केलगत्तै यही साता अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएआईडीकी प्रमुख समान्था पावर नेपाल आइन्।

यही हप्ता अमेरिकाकै रणनीतिक साझेदार एवम् क्षेत्रीय संगठन युरोपेली संघ ९ईयू० की अन्तर्राष्ट्रिय सहकार्य हेर्ने आयुक्त जुटा उर्पिलाइनेन बुधबार एकदिने भ्रमण सकेर फर्किइन्।

गत पुसमा प्रचण्ड नेतृत्वमा नयाँ सरकार गठन भएयया नेपाल आउन लागेका क्वात्रा उच्च भारतीय अधिकारी हुन्। परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा क्वात्रा नेपाल आउने भएका हुन्।

पौड्याल क्वात्राको निमन्त्रणामा गत सेप्टेम्बर १३ र १४ मा भारत यात्रामा गएका थिए। कवत्रा विदेश सचिवमा नियुक्त हुनु अघि नेपालका लागि भारतीय राजदूतका रुपमा झण्डै तीन वर्ष काठमाडौमा कार्यरत थिए । भारतीय दूतावास स्रोतका अनुसार क्क्वात्रा १५ तारिख विहान वंगलादेशको भ्रमणका लागि काठमाडौंबाटै ढाका जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group