ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनमत पार्टीमा सदस्यता अद्यावधिक अभियान, महाधिवेशन प्रतिनिधि र उम्मेदवार बन्न नवीकरण अनिवार्य


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ७ : ३५   बजे

काठमाडौं । जनमत पार्टीले संगठन विस्तार तथा आगामी महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता अद्यावधिक र नवीकरण प्रक्रिया अघि बढाएको छ। पार्टीले आफ्ना सदस्यलाई सम्बन्धित जिल्ला कार्यालयमार्फत क्रियाशील सदस्यता फारम बुझाउन आग्रह गरेको छ।

पार्टीका अनुसार क्रियाशील सदस्यता अद्यावधिक वा नवीकरण भएका सदस्यले मात्र महाधिवेशन प्रतिनिधि बन्न पाउनेछन्। त्यस्तै, महाधिवेशन तथा पार्टीभित्र हुने अन्य निर्वाचनमा उम्मेदवार बन्नसमेत क्रियाशील सदस्यता अनिवार्य गरिएको छ।

जनमत पार्टीले सदस्यता नवीकरणका लागि तोकिएको शुल्क बुझाउनुपर्ने जनाएको छ। पार्टी विधानअनुसार साधारण सदस्यता शुल्क वार्षिक १० रुपैयाँ र क्रियाशील सदस्यता शुल्क वार्षिक १०० रुपैयाँ तोकिएको छ। नवीकरण गर्नुपर्ने प्रत्येक वर्षका लागि १०० रुपैयाँका दरले शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ। क्रियाशील सदस्यले नियमित आर्थिक सहयोग अर्थात् लेवीसमेत बुझाउनुपर्नेछ।

पार्टी विधानको धारा ९ अनुसार साधारण सदस्य बनेको कम्तीमा एक वर्ष पूरा गरी पार्टीप्रति निष्ठावान् रूपमा सक्रिय रहेका सदस्यले क्रियाशील सदस्यताका लागि आवेदन दिन सक्नेछन्। यसका लागि तोकिएको शुल्क तथा लेवी बुझाएर पार्टीका मातहत समितिको सिफारिस लिनुपर्नेछ।

वडा तहदेखि माथिल्लो तहका पार्टी समितिले आवश्यक प्रक्रिया पूरा भएपछि क्रियाशील सदस्यता प्रदान गर्ने व्यवस्था रहेको जनाइएको छ। क्रियाशील सदस्यले आफ्नो क्षेत्रको पार्टी बैठक, अधिवेशन तथा महाधिवेशनमा मतदान गर्न र विभिन्न पदमा उम्मेदवारी दिन पाउनेछन्।

सदस्यता अद्यावधिक प्रक्रियालाई व्यवस्थित बनाउन पार्टीले सबै जिल्ला कार्यालयलाई छुट्टै डेस्क वा जिम्मेवार पदाधिकारी तोकेर फारम संकलन गर्न निर्देशन दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भदौ २५–२७ मा एमाले केन्द्रीय कमिटी बैठक बोलाउने ओलीको निर्देशन

किरण थापा मगरले पाए विश्वासको मत, राप्रपाका ७ सांसदले गरे फ्लोर क्रस

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

उपल्लो मुस्ताङका ६ सय वर्ष पुराना चोर्टेन संरक्षणको पर्खाइमा

 सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध निर्वाचित

Russia Faces Growing Mobilization Fears as Recruitment Tactics Intensify

Rwanda Accuses DR Congo of Supporting Rwandan Armed Group

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu