ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध निर्वाचित


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ८ : ०५   बजे

काठमाडौँ । सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध निर्वाचित भएका छन्। तिलगङ्गास्थित संघको केन्द्रीय कार्यालयमा सम्पन्न निर्वाचनबाट पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

प्रमुख निर्वाचन अधिकृत भूपेन्द्रप्रसाद पोखरेलका अनुसार संघको विधान २०५७ तथा संशोधनसहितको विधान २०५९ बमोजिम अध्यक्षसहित नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।

नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा डिकी शेर्पा र द्वितीय उपाध्यक्षमा मदनकुमार चुडाल चयन भएका छन्। त्यसैगरी महासचिवमा शिवबहादुर सापकोटा, सचिवमा छोकी शेर्पा तथा कोषाध्यक्षमा वाङ्दा शेर्पा निर्विरोध निर्वाचित भएका छन्।

संघका सदस्यहरूमा लाक्पा याङ्जी शेर्पा र पासाङ ल्हामु शेर्पा पनि निर्विरोध निर्वाचित भएका छन्।

आरोहीको सामाजिक सुरक्षा प्राथमिकतामा

नवनिर्वाचित अध्यक्ष पोखरेलले आफ्नो कार्यकालमा पर्वतारोहीहरूको हकहित र सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले पर्वतारोहण क्षेत्रको विकास, वातावरण संरक्षण तथा पर्वतारोहण पर्यटनको प्रवर्द्धनका लागि संघले सक्रिय भूमिका खेल्ने बताए। सगरमाथा आरोही तथा समग्र पर्वतारोहण क्षेत्रमा आबद्ध व्यक्तिहरूको अधिकार र हितको संरक्षणका लागि समेत आफू प्रतिबद्ध रहेको उनको भनाइ छ।

सगरमाथा आरोही संघले लामो समयदेखि पर्वतारोहीहरूको हित, पर्वतारोहण पर्यटनको प्रवर्द्धन तथा सगरमाथा क्षेत्रको संरक्षणका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

नयाँ नेतृत्व चयनसँगै संघले आरोहीहरूको सामाजिक सुरक्षा, वातावरणीय संरक्षण र नेपालको पर्वतारोहण पर्यटनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

उपल्लो मुस्ताङका ६ सय वर्ष पुराना चोर्टेन संरक्षणको पर्खाइमा

दैनिक १२ सयदेखि बिदाका दिन ५ हजारसम्म आगन्तुक, सदर चिडियाखानामा स्थान अभावको चुनौती

पोखरा–दुबई नियमित उडान सफल बनाउन पर्यटन व्यवसायी र यूएई राजदूतबीच छलफल

पोखरामा नाइट लाइफ : पर्यटनको अवसर कि स्थानीयका लागि समस्या?

नेपालगञ्ज विमानस्थललाई पश्चिम नेपालको प्रमुख पर्यटकीय प्रवेशद्वार बनाउने नाट्टाको संकल्प

केत्तुके बजार र सिद्धिचरण लोकमार्गको तस्बिर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu